इजरायलले फेरी गरयो गाजाको अस्पताल नजिक बमबारी

गाजा । इजरायली सेनाले मंगलबार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमबारी गरेको छ । प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतंक छाएको थियो ।

 

‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतंकको अनुभव गरिरहेका छन,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ । करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ । इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

 

अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको दक्षिणी रेखामा जानका लागि इजरायलले यसअघि नै चेतावनी दिएको थियो । मध्य गाजामामा रहेका पत्रकार हसन एसलेहले सीएनएनलाई भने कि उक्त क्षेत्रमा तोपखानाको आगो सोमबार दिनरात लगातार थियो। उनले घाइते र मृतकहरूलाई देर अल–बालाहको अल अक्सा सहिद अस्पतालमा ल्याएको देखेका थिए ।  मृतकहरूलाई सम्मान गर्नका लागि बिहान प्रार्थनाको लागि तयार भइरहेको शव पालमा ३१ शवहरू राखिएको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१