बिरगञ्ज, १८ कार्तिक । नेकपा एमाले मधेस प्रदेशले भुकम्प पीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ । गए राती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेस प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरिएको हो ।
जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि जनाएको छ ।पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो।


































































































































































