भन्सार नाका कडाई र ब्यबस्थित गराउन बेलहियामा सिमामा उधाेगीकाे टिम

भैरहवा, १९ कार्तिक । सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले शुक्रबार देखी भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई

 

ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय बचाइदिने वातावरण बनाउन माग गरेका छन् । नेपाली उपभोक्ताले घरायशी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वदेशी बजार धराशयी भएको भन्दै उनीहरुले भन्सार कडाई नियमित र निरन्तर गर्न माग गरेका हुन् ।

 

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई नेतृत्वमा आएको टोलीले भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतम, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै सिमानाका कडाईलाई यथावत राख्न आग्रह गरेका थिए । जेठ १८ गते देखि भन्सार नाकामा भएको कडाईका कारण स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेकोले सिमामा नियमन र अनुगमनलाई निरन्तरता दिदै नेपाली उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताए ।
भन्सारले सिमानाका कडाई गर्ने नीति लिएसँगै नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी भएको तथ्याङक छ, दशैं तिहारको समयमा नाकामा केही खुकुलो परिएको भन्ने सूचना अनौपचारिक रुपमा आएकोले भन्सार नाकामा कडाई यथावत गर्नुपर्ने उपाध्यक्ष भट्टराईको माग छ ।

 

भन्सार जाँचपासका ढिलाई, सर्भर डाउन, डिटेन्सन शुल्क, एजेन्टमार्फत काम गराउनु पर्ने बाध्यत्मक व्यवस्थाका कारण उद्योगी व्यवसायी मर्कामा परेको भन्दै छिटै विग्रने कच्चा पदार्थको भन्सार प्रक्रिया फास्ट ट्रयाकमा गर्ने वातावरण मिलाउन समेत संघले आग्रह गरको छ ।

संघका वाणिज्य उपाध्यक्ष विमलराज भटराईले भन्सार क्षेत्रलाई थप व्यवस्थापन थप व्यवस्थित गर्नु पर्ने, हामोर्निक कोडमा एकरुपता, भारतिय जिएसटी बिलको आधारमा मुल्याङकन नहुदाँ उद्योगी व्यवसायीहरु भन्सारमा सास्ती खेपेको उदाहरणहरु रहेकोले कार्यालयबाट हुने व्यवस्था कार्यालयबाटै गरिदिन र नहुने कुराहरु विभाग मन्त्रालय वा सरोकारवाल निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।

 

सरकारले भन्सार राजश्वलाई आम्दानीको स्रोत मानेको छ भने अर्को तर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने गरेको संघको ज्ञापन पत्रमा उल्लेख छ । स्थानीय व्यवसाय तथा उत्पादनलाई टेवा दिन विगत लामो समय देखि भन्सार तथा खुल्ला सीमा नियमनको सन्दर्भमा संज्ञ निरन्तर पहल तथा पैरवी गर्दै आएको छ । खुद्रा उपभोग्य बस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी भएको कारण स्थानीय व्यवसायमा

 

सकारात्मक असर देखिएको सम्बद्ध निकायलाई संघले आभार व्यक्त गर्दै दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तहबाट नै भन्सार खुकुलो पार्नु पर्ने धारणा तथा अभिव्यक्रि प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाइएकाे छ ।

 

देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सिमा नियन्त्रण थप कडाईमा जानु पर्ने नीतिको विपरित वर्तमान भन्सार कडाईको व्यवस्थालाई रोक्ने प्रयास प्रति स्थानीय उद्योगी व्यवासायीहरुको हितमा नरहेको बताए ।

 

नेपालको कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत योग्दान निजी क्षेत्रको रहे पनि वेवास्ता गरिएमा अर्थ व्यवस्थामा दीर्घकालिन नाकारात्मक असर पर्ने भन्दै संघले राष्ट्र हितको कार्यलाई निरन्तरता दिदै उत्पादन तथा व्यवसायको प्रवद्र्धन मार्फत राजश्व अभिबृद्धिको लक्ष्य प्राप्तीको लागि हालको भन्सरा नियमनलाई कडाई

 

गर्दै सीमामा अनुगमन तथा निगरानी बढाउन अनुरोध गरेको छ । भन्सार नाका तथा सीमा नियमन यपुर्ववत यथावत कडाई गरी भन्सार तथा राजश्व असुली समेत अपेक्षा गरिए अनुसार हुन नसक्ने हुदा व्यवसायिक सुरक्षा र राजश्व अभिबृद्धिमा संघको सहयोग र साथ हुने अध्यक्ष हरि प्रसाद अर्यालद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।

भन्सार कार्यालय प्रमुख नारद गौतमले चाडपर्वको वा कसैले भनसुनको नाममा भन्सार कार्यालयले कुनै पनि प्रकारको छुट नगर्ने बताउदै भन्सार ऐन, कानुन अनुसारको मापदण्डमा रहेर काम गर्नेमा कार्यालय प्रतिबद्ध रहेको बताए । उनले अवैध काम गर्ने कही केही सूचना दिन माग गर्दै अवैध काम गर्नेमा छापा हान्ने प्रतिबद्धता जनाए ।

पूर्वाधारको कारण भन्सारको काममा केही ढिलाई भएको पाएका छौ । भएको जनशक्तिलाई शनिबार पनि उपयोग गरी कार्यालयले नियमित कार्य सम्पादन गरिरहेको छ । हामीले उद्योगलाई प्राथमिकतामा नै राखेर काम गर्ने गरेको बताए । सुरक्षा निकायमा प्रमुखहरुले सिमा क्षेत्रमा निगरानी बढाइएको र अवैध ओसारपसार न्यूनिकरणमा लागिरहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९