गाजा । सहयाता सामाग्री बोकेको सबैभन्दा बढी मात्रामा ट्रकहरु गाजा प्रवेश गरेका छन् । इजिप्टको सिमा क्षेत्रबाट सहयाता सामाग्री बोकेको १०६ वटा ट्रकहरु गाजामा प्रवेश गरेका हुन ।प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार बुधवार १०६ ट्रक रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका हुन, जसले धेरै आवश्यक सहायता ल्याएको थियो। र्दैनिक ३० वटा ट्रक मात्रै प्रवेश गर्दै आएकोमा बुधवार भने झन्डै चार गुणा बढी ट्रक गाजामा प्रवेश गरेका हुन् । कुवेतबाट पनि पाँचवटा एम्बुलेन्स गाडी क्रसिङ हुँदै आएको जनाईएको छ ।पिआरसिएसकाका अनुसार अक्टोबर २७ यता प्रवेश गरेका ट्रकहरूको कुल संख्या अहिले ७५६ रहेको छ । तर, यो अझै पनि घेरिएको एन्क्लेभको आवश्यकता भन्दा धेरै कम छ र इन्धनलाई अझै प्रवेश गर्न अनुमति दिईएको छैन्।





























































































































































