मस्को । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ स्वदेश फर्काइएको छ ।गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६ मार्फत घर फर्केका छन्।पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ ।
बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्। वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...























































































































































