मस्को । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ स्वदेश फर्काइएको छ ।गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६ मार्फत घर फर्केका छन्।पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ ।
काठमाडौँ, फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...


































































































































































