फिलिपिन्समा आतंकबादी हमला, ४ जनाको मृत्यु ४२ घाइते

मनिला । दक्षिणी फिलिपिन्समा आइतबार बिहान क्याथोलिक बाहुल क्षेत्रमा भएको विस्फोटमा चार जनाको मृत्यु भएको छ ।यो घटना देशको सबैभन्दा ठूलो मुस्लिम सहर मारावीको मिन्डानाओ स्टेट युनिभर्सिटीको व्यायाम शालामा भएको हो।अन्य ४२ जनालाई सामान्य चोटपटक लागेको जनाउदै प्रहरी अधिकारीहरूले भने अहिले स्थिति नियन्त्रणमा रहेको छ।

 

सन २०१७ मा मारावी सरकारी सेना र इस्लामिक स्टेट समूहसँग लिङ्क भएका लडाकूहरू बीच पाँच महिनाको युद्धको दृश्यको रूपमा यसलाइ हेरिएको छ ।आइतवारको बम विष्फोटको पछाडि दौलाह इस्लामियाह माउते समूह हुनसक्छ’, यस क्षेत्रका प्रहरी कमाण्डर ब्रिगेडियर जनरल एलन नोबलेजाले भने।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१