अनुहार रंगाउदै कमर्शीयल आर्टिष्ट संघका चित्रकार

भैरहवा । भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको स्टल नं. आइटी १ र २ मा एक हुल झुम्मिएको थियो ।कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए । भिड देखेर चित्रकारहरुको ब्रस चलाउने रफ्तार पनि तिव्र थियो । एकै साथ ५–६ जना कलाकारलाई भ्याइ नभ्याई थियो । कोही हेर्नलाई बसेका थिए भने कोही पालो कुरेर । यो दृश्य भैरहवा महोत्सवमा फेस पेन्ट गर्ने जमातको थियो ।

 

हातमा ब्रस र रङ लिएर मेला अवलोकनको अनुहारमा नेपालको झण्डा लगायत विभिन्न आकृतिहरु बनाउने काम चित्रकारहरुले गरिरहेका थिए । ग्राहकको इच्छा अनुसार भनेकै आकृति उनीहरुले दर्शकको अनुहारमा उतार्ने काम गरिरहेका थिए ।
यी सबै दृश्य नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीको स्टलमा हो । मेलामा सबैको अगाडि अनुहारमा चित्रकला देखाउने अवसर पाएको संघका अध्यक्ष उज्जवल कुमार दे कास्तले भने । यो हाम्रो लागि ठूूलो अवसर हो यस्तो ठाँउ हामीले पाएका छौ जहाँ आफ्नो कला देखाइरहेका छौ ।

 

पहिलो दिन केही बच्चाहरुको अनुुहारमा राष्ट्रियता झल्किने नेपालको राष्ट्र झण्डो फेस पेन्ट गरेका थियोँ त्यसैबाटै राम्रा सन्देश गएर अहिले भिडभाड हुने गरेको उनले भने । आफूहरु मेला, महोत्सवमा यसरी समूहमा कलाकार जुटेर फेसपेन्ट गरेको पहिलो अनुभव रहेको कोषाध्यक्ष बिसन गुरुङले भने । मुहारमा पेन्ट गर्ने सौख बढ्दै गएको छ । आफूलाई अरूभन्दा पृथक् देखाउन पनि रहरको लागि फेस पेन्ट गर्ने गर्दछन  । महोत्सवमा अनुहारमा यो कलालाई अवलम्बन गर्ने लाइनमा नै बस्ने गर्छन । फेस पेन्ट पछिल्लो क्रममा फेसन स्टाइलकै रूपमा लोकप्रिय बनिरहेको कोषाध्यक्ष तथा चित्रकार गुरुङले भने ।

 

बच्चा युवा मात्रै होइन, व्यस्कहरु पनि यो स्टाइलमा झुमिएका छन् । गालामा विभिन्न आकृति बनाउदा  फेसनेबल त देखाउँछ, अरु भन्दा पृथक् पनि देखाउँछ फेस पेन्ट गराइरहेकी प्रिती क्षेत्रीले भनिन । आफूलाई लागेको सौख पूरा गरेको उनले भनिन ।
फेसनमा केही अगाडि बढ्दै गएको महोलमा भैरहवामा पनि फेस पेन्टको क्रेज बढ्न लागेको छ । ठूला ठूला कार्यक्रम वा मेला महोत्सव, म्युजिकल कन्सर्टदेखि खेल प्रतियोगितामा मुहारमा विभिन्न आकृति सहितको फेस पेन्ट गर्न धेरैले रुचाउँछन । मुहार रंग्याउनेले सानो÷ठूलो आकृति बनाएर केही शुल्क भने लिने गरेको संघले जानकारी दिएको छ ।

 

अहिले मेलामा पनि फेस पेन्ट बनाउन आउने युवाको डिमान्डले कलाकारलाई पनि भ्याइनभ्याई छ । आफूलाई मन परेका विभिन्न आकृति, नेपालको झण्डा, पुतली, फुल, एङ्ग्री बर्ड, हेल्लो किट्टी, फुटवल, आगोको भिल्का, नाम लगायत विभिन्न आकृतिमा फेस पेन्ट गराएको छन्, बच्चादेखि तन्नेरीको रोजाइ नै भिन्नभिन्न आकृतिको फेस पेन्ट भएको छ ।

 

नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले महोत्सवमा सहयोगार्थ स्टल राखेको छ । आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध भएका छन । कलासँग सम्बन्धित व्यवसायी स्वरोजगार कलाकारहरूको पेशागत हकहितको रक्षाका लागि हामी एकजुट भएका छौ । फरक फरक व्यापारिक प्रतिष्ठानका संचालकहरु पालै पालो आफ्नो कलालाई मेला अवलोकन कर्ता सामु पु¥याउनका लागि मेला एक थलो बनेको छ ।

 

कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको कलाकारहरु बताउछन । पहिलो पटक मेलामा संघले स्टल राखेको छ । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको डिजाइनर आकाश चौधरीले भने ।

 

उनीहरुले कला शीप र क्षमताको मूल्याङ्कन नहुने, जो वास्तविक कलाकार वा श्रमिक छ उसको श्रम शोषण हुने, ठूला पूँजी र गैरआर्टिस्ट वर्गको अधीनभित्र रहेर काम गर्नुपर्दा वास्तविक कलाकार श्रमिकहरूको श्रम शोषण हुने तथा राज्यबाट समेत कलाजिवीहरूको दायरालाई संकुचित पार्ने काम भएको बताए ।

 

संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९