पटना । बुद्ध इन्टरनेशनल वेलफेयर मिसनद्वारा निर्मित १०० फिट लामो र ३० फिट अग्लो महात्मा बुद्धको प्रतिमा उद्घाटन गरिएको छ । बुद्ध इन्टरनेशनल वेलफेयर मिशनका इन्चार्ज बौद्ध भिक्षु आर्यपालले यो भारतकै सबैभन्दा ठूलो मूर्ति भएको बताए । यसको निर्माण सन् २०१९ देखि भइरहेको थियो । महात्मा बुद्धको १ सय फिट अग्लो मुर्तिको उद्घाटनपछि विभिन्न देशका बौद्ध धर्मगुरु तथा बौद्ध भिक्षुहरूले विभिन्न भाषामा विशेष भजन गरेका छन् । हिजो उद्घाटन गरे पछि अब सर्वसाधारण भक्तजनले भगवान बुद्धको यो अनुपम मुर्तिको दर्शन गर्न सक्ने जनाईएको छ । यो मूर्ति पर्यटक तथा भक्तजनको आकर्षणको केन्द्र बनेको छ । उक्त कार्यक्रममा कम्बोडिया, थाइल्याण्ड, श्रीलंका, भियतनाम, म्यानमारलगायत दर्जनौं देशका बौद्ध भिक्षु तथा विदेशी पर्यटकको सहभागिता रहेको थियो । कोलकाताका प्रसिद्ध मूर्तिकार मिन्टु पाललगायत धेरै मूर्तिकारहरूले यसलाई फाइबर ग्लासबाट बनाएका हुन्। भगवान बुद्धको यो मुर्ति महापरिनिर्वाण मुद्रामा बनाइएको हो ।


































































































































































