इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

गाजा। इजरायली सेनाले गाजास्थित जबलिया शिविरलाई घेरेको जनाएको छ ।  इजरायली सेनाले गाजाको जबलिया शरणार्थी शिविरलाई ‘आतंकवादी पूर्वाधार’ भनी ध्वस्त पारेर घेरेको बताएको छ । गाजाको सबैभन्दा ठूलो जबलिया क्याम्प, अक्टोबर ७  देखि धेरै पटक इजरायली हवाई आक्रमणको निशाना बनिसकेको छ । जसमा सयौं मानिसको मृत्यु भएको छ र पूर्वाधारको विनाश भएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१