नाइजेरियामा भुलबस सेनाले ड्रोन आक्रमण गर्दा ८५ सर्वसाधारण मारिए

नाइजेरिया । अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा भूलवश सेनाको ड्रोन आक्रमणमा मुस्लिम पर्व मनाउँदै आएका दर्जनौं सर्वसाधारणको मृत्यु भएको छ । नाइजेरियाका स्थानीय अधिकारीहरू सहित सेनासँग सम्बन्धित व्यक्तिहरूले उत्तर पश्चिमी नाइजेरियाको एउटा गाउँमा भुलबस ड्रोनद्वारा आक्रमण भएको जानकारी दिए।

 

नाइजेरियाली सेनाले कादुना राज्यको टुदुन बिरी गाउँमा भएको आक्रमणमा मर्नेहरूको संख्या खुलासा गरेनन । तर, स्थानीय बासिन्दाहरूले दर्जनौं मानिस मारिए र घाइते भएको बताएका छन । यस विषयमा स्थानीय अधिकारीहरूले पनि मृत्युको पुष्टि गरेका छन्।

 

कादुना राज्यका गभर्नर उबा सानीले आतंकवादी र मिलिशिया डाकुहरूलाई लक्षित गरी गरिएको सैन्य ड्रोन हमलाले मौलुद अवलोकन गर्ने मुस्लिम उपासकहरूलाई गल्तिले मारेको र अरू धेरै घाइते भएपछि अनुसन्धानको आदेश दिएका छन् ।

 

नाइजेरियाको सेनाले देशको उत्तरपश्चिम र उत्तरपूर्वमा लडाकु मिलिसियाहरू विरुद्धको लडाईमा प्रायः हवाई आक्रमणमा भर परेको छ, जहाँ जिहादीहरू १४ वर्षदेखि लडिरहेका छन्। नाइजेरियाली हवाई हमलामा मारिएका ८५ जनाको शव गाडिएको र ६० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको गाउँका इद्रिस दहिरु नामका व्यक्तिले बताएका छन् ।

 

पहिलो बम पड्काउँदा म घरभित्रै थिएँ । हामी पीडितलाई सहयोग गर्न घटनास्थल पुग्यौं र त्यसपछि दोस्रो बम खसालियो। आक्रमणमा इद्रिस दहिरुको परिवारका करिब १२ जनाको मृत्यु भएको थियो। दर्जनौं घाइतेहरूलाई राज्यको राजधानी कादुनाको एक शिक्षण अस्पतालमा लगिएको छ, स्थानीय राज्य सुरक्षा आयुक्त शमूएल अरुवानले सेनाका अधिकारीहरू र समुदायका नेताहरूसँगको बैठक पछि भने।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१