तान्जानियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो

तान्जानिया। उत्तरी तान्जानियामा यस साताको अन्त्यमा भारी वर्षापछि आएको बाढीबाट मृत्यु हुनेको संख्या ६८ पुगेको अधिकारीहरूले बताएका छन्।प्रधानमन्त्री कासिम मजलिवाले सोमबार टेलिभिजनमा प्रशारण गरेको टिप्पणीमा घाइतेको संख्या ११६ जना रहेको बताए । पहिरोले आफूले भ्रमण गरेको एउटा गाउँको आधा भाग ध्वस्त भएको पनि उनले बताएका छन् ।

 

‘हामी यहाँ हाम्रा साथीहरूको शवको अगाडि छौं। हामीले ६३ प्रियजनहरू गुमाएका छौं। हामीले गुमाएका कुल साथीहरूमध्ये २३ जना पुरुष र ४० जना महिला छन्,” उनले उत्तरी तान्जानियाको हानाङ जिल्लामा मृत्यु भएकाहरूको शवलाई बिदाइ गर्ने कार्यक्रममा भने।

 

यसअघि सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता जुहुरा युनुसले बाढीले कम्तीमा १,१५० घरधुरी र ५,६०० मानिस प्रभावित भएको र ७५० हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको बताए।उत्तरी मन्यारा क्षेत्रका आयुक्त क्वीन सेन्डिगाले मृत्यु हुनेको संख्या अहिलेसम्म ६८ पुगेको एएफपी समाचार संस्थाले जनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१