हमास कमाण्डर भन्छन, ‘हामी यो युद्द जति समयसम्म पनि लडन सक्छौं’

तेल अहिब। इजरायली सेनाले हमासका कयौं कमाण्डरलाई मारेको दाबी गरेको छ । सेनाले टविटरको एक पोस्टमा भन्यो कि गाजा पट्टीमा हमासको सबैभन्दा ठूलो ब्रिगेडका चार बटालियन कमाण्डरहरू मारिएका छन । उसका अनुसार हालै इजरायली हमलाहरूमा मारिएका ती प्यालेस्टिनी समूहका वरिष्ठ नेताहरू थिए।

 

उसले मध्य गाजामा रहेका हमासका अन्य एकाइहरूलाई पनि महत्त्वपूर्ण रूपमा क्षति पुर्याएको बताएको छ। तर मंगलबार हमासका वरिष्ठ अधिकारीले इजरायल हमलाको बदला लिने जनाएका छन । हमासका बरिष्ठ अधिकारी ओसामा हमदानले भने, ‘इजरायल गाजाको दलदलमा गहिरो गरी डुब्दैछ ।’

 

उनले अगाडी भने, ‘हाम्रो समुह जारी युद्धमा जति लामो समयसम्म पनि लड्न राम्ररी तयार छ।’ दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजका मिडिया स्टडीज प्रोफेसर मोहम्मद एल्मास्रीले पनि यसअघि अल जजीरालाई भनेका थिए कि इजरायलले हमासलाई हटाउने लक्ष्य राखेको भएता पनि यो समूह अझै ठूलो मात्रामा अक्षुण्ण रहेको छ र यसका सदस्यहरूको सानो प्रतिशतलाइ मात्र इजरायलले मारेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१