धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । शुक्रबार धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल धनगढी आइपुगेका हुन् ।
प्रधानमन्त्री दाहाल आज ११ बजे कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा जन भेटघाट कार्यक्रममा सहभागि हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।सो पश्चात प्रधानमन्त्री दाहालले साढे १२ बजे कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने जनाइएको छ।























































































































































