अरब सागरमा अपहरणमा परेको माल्टाको जहाँज भारतीय नौसेनाको कारबाहीमा

नयाँदिल्ली। भारतीय नौसेनाका युद्धपोत र विमानहरूले अरब सागरमा माल्टाको झण्डा बोकेको जहाज एमवी रूएनको अपहरणको बदला लिएका छन्। भारतीय नौसेनाले शनिबार अरब सागरमा अपहरणको घटनाको जवाफ दिएको हो, जुन जहाँज ६ जना अज्ञात व्यक्तिहरूले माल्टाको झण्डा भएको उक्त जहाज एमभी रौनलाई कब्जा गरेका थिए । जहाँ १८ जना चालक दलका सदस्यहरू रहेका छन ।भारतीय नौसेनाका अनुसार युद्धपोत र समुद्री गस्ती विमानले शुक्रबार साँझ माल्टाको झण्डा भएको जहाज एमवी

 

 

रूएनको अपहरणलाई तुरुन्तै प्रतिक्रिया दिए। अपरेशन अझै जारी छ।शुक्रबार बिहान भारतीय नौसेनाको विमानले अपहरण गरिएको सो जहाज माथि उडान भरेको थियो र पूर्वी अफ्रिकाको सोमालियाको तटतर्फ जाँदै गरेको जहाजको आवतजावतलाई निरन्तर निगरानी गरिरहेको थियो। यससँगै शनिबार एडेनको खाडीमा तैनाथ भारतीय नौसेनाको युद्धपोत एमभी रुएनलाई रोकिएको छ र यस विषयमा अन्तर्राष्ट्रिय समुद्री एजेन्सीहरूले पनि समन्वय गरिरहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१