गाजामा मारिनेकाे संख्या १८ हजार नाघ्याे

गाजा । हमास इजरायल बिचकाे युद्दमा १८ हजार भन्दा बढी मारिएका छन् ।गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राले गत दिन इजरायली आक्रमणमा कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।पछिल्लो अपडेट अनुसार अक्टोबर ७ देखि सुरू भएकाे युद्दमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको छन ।’ठुलो संख्यामा पीडितहरू अझै पनि भग्नावशेषमुनि र सडकमा छन्,’ अल-कुद्राले थपे।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१