तनहुँ। तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरा जाँदै गरेको ग२ख १४५९ नम्बरको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र बाँकी ८ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा बस सडकबाट तल खसेको प्रहरीको भनाइ छ ।































































































































































