“गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जम्मेवार बन्नुपर्छ”

माल्टा ।  गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् । गैर आवासीय नेपाली संघको वर्तमान परिवेश, आइसीसी, एनसीसी र एनआरएनएको आगामी कार्यदिशा अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्को सम्बन्ध विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार जिम्मेवार बन्नुपर्ने बताएकाहुन् ।

 

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय परिषद् (एनसीसी) को आयोजनामा अन्तरक्रिया कार्यक्रम डिसेम्बर १६ तारीखका दिन सम्पन्न भएको हो । गैर आवासीय नेपालीमा देखिएका विभिन्न समस्या समाधानमा गैर आवासीय नेपाली संघ एनआरएनले निरन्तर सहयोग गर्दै आएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका थिए । गैर आवासीय नेपालीमा कानुनी अड्चनका समस्या देखिएकोले त्यस्ता समस्या समाधानमा नेपाल सरकार जिम्मेवार भई अग्रसर हुनुपर्ने र सरकारलाई सहयोग गर्न एनआरएनए, आईसीसी र एनसीसी सधैं तयार रहेको उनीहरुले बताएका थिए ।

 

गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डाक्टर बद्री केसीले एनआरएनको आगामी कार्यदिशा प्रस्तुत गर्दै देश बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । गैर आवासीय नेपाली संघको विधी विधान, नीति नियम मानेर हामी सबैले काम गर्नुपर्छ । जायज, नाजायज बाटो भएर युरोप आउने नेपालीहरु यतिबेला समस्यामा परेकोले यसको दृघकालीन समस्या समाधानको बाटो सबै मिलेर खोज्नुपर्ने केसीले बताए । उनले भने,ं “सधैं विदेशमा पैसा उठाएर नेपालीको शवको व्यवस्थापन गर्न सकिदैन । शव व्यवस्थापनको बारेमा सोच्नुपर्ने भएको छ” आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य समस्या देखिएकोले यस सम्बन्धी अभिमूखिकरण कार्यक्रम संचालन गरिनेछ । प्रतिव्यक्ति सहयोग गरेको रकम मध्येबाट १ डलर महिलाको लागि र १ डलर युवाको लागि छुट्याइने केसीले बताए ।

 

पछि आउने समस्यालाई मध्यनजर गर्दै विदेशमा रहेका सबैले समयमै श्रम नवीकरण गर्न अध्यक्ष केसील ध्यानाकर्षण गराएका थिए । एक फरक प्रसङ्गमा उनले निर्वाचन मार्फत आफू अध्यक्ष पदमा निर्वाचित भएको र कसैले निर्वाचनको प्रक्रिया र परिणामलाई गलत सावित गरे आफू पद त्याग्न तयार रहेको बताउँदै कसैले पनि मतभेद नराखी गैर आवासीय नेपालीको पक्षमा सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष डाक्टर हेमराज शर्माले संस्थालाई गतिशील बनाउने गरी काम गर्नुपर्ने बताए । त्यसैगरी महासचिब गौरीराज जोशीले निर्वाचनको विषयलाई लिएर कसैले पनि दुबिधामा नरही संस्थालाई अगाडी बढाउन एक हुनुपर्ने बताएका थिए भने कोषाध्यक्ष सुदन थापाले एनआरएनएले गरेका परोपकारी कामको बारेमा जानकारी गराएका थिए ।

 

गैर आवासीय नेपाली संघ युरोप उपसंयोजक महेश अधिकारी, रोर्बट लिम्बु र राजु अर्याल लगातका वक्ताहरुले एनआरएनएका गतिबिधी अगाडी बढाउनु पर्ने भन्दै नव निर्वाचित गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डाक्टर बद्री केसीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिका संयोजक डाक्टर चिरनजिवी खड्काको अध्यक्षतामा भएको अन्लाईन भर्चुअल अन्तरक्रिया कार्यक्रममा विभन्न देशका १ सय भन्दा बढी सहभागीहरुको सहभागिता रहेको गैर आवासीय नेपाली संघका केन्दिय सदस्य एवम् नव नियुक्त युरोप क्षेत्रीय सचिव भुवन अर्यालले बताए । अन्तरक्तिया कार्यक्रमले महत्वपूर्ण विषयमा छलफल गर्दै आगामी कार्यदिशा समेत तयार पारेको अर्यालले बताए ।

 

पछिल्लो समयमा वैदेशिक रोजगामा रहेका नेपालीहरुले काम नपाउँदा डिप्रेसनमा गई आत्महत्याको समस्या बढ्दै गएको अवस्थाप्रति अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले चिन्ता व्यक्त गरेका थिए । विदेशमा ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनको प्रक्रिया धेरै झन्झटिलो भएकोले सरकारको समन्वयकारी भूमिका आवश्यक रहेको भन्दै आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी अभिमूखिकरण कार्यक्रम संचालन गर्नुपर्ने विषयमा छलफल भएको गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार बाबू अर्यालले बताए । गैर आवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले युरोप क्षेत्रीय सचिबमा नियुक्त भएका भुवन अर्याललाई बधाई दिदै राम्रो कार्यक्रमको आयोजना गरेकोमा आफू खुसी भएको बताएका थिए ।

 

गैर आवासीय नेपालीको शवको व्यवस्थापनका लागि सचिवालयमा उलग्गै डेस्क स्थापना गरी प्रक्रियागत रुपमा काम गर्नुपर्ने उनले बताए । एनआरएनए बेलायतका महासचिब सचिब गोविन्द खरेलले एनआरएनएको चुनावले विश्वास गुमेकोले आन्तरिक मतभेद हटाएर काम गर्नुपर्ने बताए । त्यसैगरी एनआरएनएका अभियन्ता हेम गुरुङले माल्टा र पोर्चुकलमा धेरै नेपाली आउने र काम नपाएका कारण डिप्रेसनमा गई आत्महत्या समेत गर्ने घटना घटेकोले यसतर्फ सबै गम्भीर बन्नुपर्ने बताए ।

 

युरोप महिला संयोजक प्रसुना कंडेलले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रिय सचिब डाक्टर नवराज रोस्याराले संस्थाको हितको लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । हेमराज सुवेदीले आजको अन्तरक्रिया कार्यक्रमले राम्रो सन्देश दिएको बताएका थिए भने एनआरएनका बेल्जिएम सल्लाहकार चन्द्राकुमारी गुरुङले गैर नेपालीको समस्या समाधानमा सहयोग पुग्ने गरी सहकार्य गरेर काम गर्नुपर्ने बताईन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो ।सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी...

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

धरान (सुनसरी), करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ । उहाँले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६०...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो ।सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी...

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

काठमाडौँ, पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४÷७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।   जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९