इस्लामिक जेहाद समुहको दाबी, ७ इजरायली सैनिक मारिए

गाजा । इस्लामिक जिहादले शुजैयामा सात इजरायली सैनिक मारिएको जनाएको छ ।इस्लामिक जिहादको सैन्य शाखाले आफ्नो टेलिग्राम च्यानलमा घोषणा गरेको छ कि उसले गाजा शहरको पूर्वमा रहेको शुजैया छिमेकमा भएको भयानक भिडन्तमा सात इजरायली सैनिकहरूलाई मारेको जनाएको हो । सराया अल कुड्सले यो पनि भन्यो कि यसले दक्षिणी गाजा पट्टीको खान युनिसको पूर्वमा अल जाना क्षेत्रमा इजरायली सेनाका लागि समर्थन गर्ने ठाउँलाई निशाना बनाएको जनाउँदै सो क्षेत्रमा धेरै मोर्टार र गोलाहरू हानिएको पनि जनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१