कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले विद्युत सहकारीलाई चाहिने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने जनताको सेवा गर्न आएको हु ,सधै तपाईहरुकै साथमा छु भन्दै पालिकाले गर्ने काममा सहयोग गर्न अपिल समेत गरेका छन ।

संस्थाका उपाध्यक्ष दिल बहादुर सापकोटाको शुभकामना मन्तव्य संगै सुरु भएको कार्यक्रममा वडा सदस्यहरु, संस्थाका पुर्ब अध्यक्ष भक्तराज आचार्य ,सुशील शाही , मुडा बजार बिकास समितिका अध्यक्ष मगन चौधरी , महिला नेतृ साबित्रा सापकोटा , लगाएत समाजसेवी बुद्धिजीवीको सहभागीता रहेको थियो ।

संस्थाका अध्यक्ष देवानन्द जैशीले बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । जसमा आर्थिक बर्ष २०७९/०८० को ५० लाख ,९८ हजार ,७ सय ३८ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । संस्थाले नियमित विद्युत महशुल बुझाउने शेयर सदस्यहरुलाई दोशल्ला र बल्ब दिएर सम्मान समेत गरेको छ ।