बर्दगोरिया-२ मा सिकलसेल एनिमिया र थालासेमिया रोग निदान स्क्रिनिङ शिविरमा ३ सय ४५ जनाले सेवा लिए

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा सिकलसेल एनिमिया र थालासेमिया रोग निदान स्क्रिनिङ शिविर बुधबार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष गोबिन्द बि.कको अध्यक्षतामा एक दिने शिविर सम्पन्न भएको हो ।उक्त कार्यक्रम बर्दगोरिया गाउँपालिका स्थानीय सरकारको पहलमा बर्दगोतिया गाउँपालिकाका वडा नम्बर २ र ६ मा शिविर संचालनको लागि सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ कार्यलय धनगढी ,कैलालीको आयोजनामा भएको कार्यक्रममा ३ सय ४५ जना वडा नम्बर २ का जनताले सेवा लिएका छन् । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गोबिन्द बि.कले अब हाम्रो वडामा आएको कार्यक्रम सहज रुपमा समापन गर्ने हाम्रो कर्तव्य हो । हामीले शिविरमा आएका डाक्टरलाई सहज हुने तरिकाले अगाडी बढाउनु पर्छ ।अब हाम्रो वडामा यस्ता रोगलाई रोक्ने प्रयास सबैले गर्नुपर्छ यो एक खतरा रोग समेत बताएका थिए। यसै गरि कार्यक्रममा बर्दगोरिया वडा नम्बर २ का बुद्धिजिबिहरुको उपस्तिथि रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?