बुटवल । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ । बुधबार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत भालुवाङ लगिएको छ। कपिलवस्तु शिवराज नगरपालिका १ बस्ने ३५ वर्षीय बल बहादुर सुनार, उनकी ३४ वर्षीया श्रीमती सङ्गीता सुनार, सोही ठाउँकी युनिका सुनार घाइते भएको प्रहरीको भनाइ छ।
कपिलवस्तुको शिवराज नगरपालिका १ का ५८ वर्षीय अने सुनार र उनका छोरा २६ वर्षीय दुर्गा बहादुर सुनार घाइते भएका छन्। यस्तै सोही ठाउँका १४ वर्षीय निम बहादुर सुनार, १६ वर्षीय हुकुम बहादुर सुनार, २० वर्षीया सावित्रा सुनार छन्।यस्तै घाइते हुनेमा दाङको राप्ती गाउँपालिका २ लाल मटिया ३५ वर्षीया जानकी आचार्य, कपिलवस्तु नगरपालिका ९ का ६७ वर्षीय यमलाल जोशी रहेका छन्। यस्तै रुपन्देही गैँडाहवा गाउँपालिका २ का ४६ वर्षीया विष्णु माया गिरी, प्युठानको बाग्दुला नगरपालिका ९ का १९ वर्षीया सृष्टि आले, कपिलवस्तु बाणगंगा नगरपालिका-८ का ७० वर्षका झक्कु प्रसाद उपाध्याय, कपिलवस्तु नगरपालिका ९ का ५८ वर्षीय निम प्रसाद खनाल रहेका छन् । घाइतेहरूको नेपालगन्ज र बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।


































































































































































