
काठमाडौं । गैरआवासीय नेपाली संघका असन्तुष्ट समुहले अलग भेला बोलाएका छन । गत एनआरएनए निर्वाचनमा पराजित अध्यक्षका प्रत्यासी आरके शर्मा समुहले अलग भेला बोलाएका हुन ।गत अगस्टमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि दाबी गर्दै आएका शर्माको समुहले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजना बनाएको भन्दै अलग भेला बोलाएका हुन । जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक आह्वान गरेका हुन ।
शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेको आरोप लगाउँदै आएका छन । परराष्ट्र मन्त्रालयले आफूहरुलाई छिट्टै न्याय दिने विश्वासमा रहेको जनाउँदै आएका शर्माले अलग भेला बोलाए पछि एनआरएनको आन्तरिक बिबाद थप चर्किने देखिएको छ ।तर, एनअारएनए अध्यक्ष केसीकाे समुहले भने उक्त भेलाकाे बैधानिकता नरहेकाे जनाउँदै साे शर्माले बाेलाएकाे बैठकमा उपस्थित नहुन निर्देशन दिएका छन् ।