केप टाउन । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाएको छ । अदालतमा हालै जाहेर भएको एउटा आवेदनमा दक्षिण अफ्रिकाले गाजामा इजरायलको कार्यलाई नरसंहारको रूपमा वर्णन गरेको छ ।
जाहेरीमा उल्लेख भए अनुसार प्यालेस्टाइनी राष्ट्रियता र जातीय समूहको ठूलो हिस्साको विनाश ल्याउन इजरायल लागि परेको आरोप लगाईएको छ । ‘गाजामा प्यालेस्टाइनीहरूलाई मार्नु, उनीहरूलाई गम्भीर शारीरिक र मानसिक हानि पुर्याउनु तथा उनीहरूको शारीरिक विनाशको लागि जीवनको अवस्थाहरू पुर्याउनु समावेश छ,’ आवेदनमा भनिएको छ ।
दक्षिण अफ्रिकाले उक्त कार्यले संयुक्त राष्ट्रको नरसंहार महासन्धिको उल्लङ्घन गरेकोसमेत बताएको छ। दक्षिण अफ्रिकाले छिटो सुनुवाइको लागि आह्वान गर्दै भनेको छ कि अदालतले प्रारम्भिक रूपमा इजरायललाई गाजामा प्यालेस्टिनी जनतालाई मार्ने र गम्भीर मानसिक र शारीरिक हानि पुर्याउन बन्द गर्न तत्काल आदेश दिनुपर्छ।
न्यायको अन्तर्राष्ट्रिय अदालत (आइसिजी) एक संयुक्त राष्ट्र नागरिक अदालत हो, जसले देशहरू बीचको विवादहरूको न्याय गर्दछ। यो अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीजी) भन्दा फरक छ, जसले युद्ध अपराधका लागि व्यक्तिहरूलाई अभियोग चलाउँछ। संयुक्त राष्ट्रको सदस्यको रूपमा दक्षिण अफ्रिका र इजरायल दुवै अदालतद्वारा बाध्य छन्।






























































































































































