सन् २०२३ मा बलिउड : शाहरुख र देओल परिवार जागेको वर्ष

मुम्बई। बलिउडले यो साल ५ सय करोडका फिल्मको बाढी ल्यायो । हिजोका दिनमा सय करोड कमाउने फिल्मलाई अत्यधिक सफल फिल्मको कोटीमा राखिन्थ्यो । तर यो साल १ करोड दुई दिनको खेलमा सीमित रह्यो । अझ दक्षिण भारतका फिल्मले त एक दिनमा सय करोडको व्यापार गर्ने कुरालाई दालभात नै बनाए ।

 

दक्षिण भारतका फिल्म मेनस्ट्रिम बनिरहँदा मुम्बईमा आधारित बलिउड फिल्म उद्योगमाथि संकटका बादल मडारिएको धेरैको चिन्ता थियो । तर एकपछि अर्को गर्दै ५ सय करोडका फिल्म बनाएर बलिउडले दर्शक भागिनसकेको सन्तोक लिन पायो । भलै यसमा दक्षिण भारतका निर्देशकले बनाएका फिल्मको पनि योगदान रह्यो । जस्तो कि ५ सय करोड कटाउने जवान र एनिमल दक्षिण भारतका निर्देशकले निर्देशन गरेका थिए ।

 

यो साल एक हिसाबले शाहरुख खानको कमब्याकको वर्षको रुपमा रह्यो । आफूलाई अन्तिम सुपरस्टारको रुपमा चिनाउन रुचाउने शाहरुख पछिल्लो ५ वर्षदेखि ब्लकबस्टर फिल्मको खोजीमा थिए । यो क्रममा उनले आनन्द एल राय, जोया अख्तरदेखि इम्तियाज अलीसम्ममा भरोसा गरे । तर सबैतिरबाट परिणाम हात लाग्यो, फ्लप । तर सन् २०२३ मा उनका तीन फिल्म रिलिज भए जसमध्ये पठान र जवानले ५ सय करोड कमाए भने अन्तिम फिल्म डंकी पनि त्यो आँकडातर्फ अग्रसर भएको छ ।

शाहरुखपछि लगभग टाटाबाईबाई भइसकेको देओल परिवारले पनि यो साल सानदार कमब्याक गर्यो । यसको सुरुवात गरे सन्नी देओलले । कसैले नपत्याएको सन्नी अभीनित गदर २ले बक्स अफिसमा ६ सय करोड बढीको व्यापार गर्यो । भारतमा पनि इतिहास बन्ने क्रममा रहेका सिंगल स्क्रिनमा यो फिल्मको व्यापार आश्चर्य लाग्दो रहेका समाचारहरु प्रकाशित भए । यसपछि देओल परिवारका मूल धमेन्द्र देओल पनि रक्की और रानीमा देखा परे र यो फिल्म पनि हिट मानियो ।

 

यसपछि पालो थियो बबी देओलको । रनवीर कपुर अभीनित एनिमलमा भिलेनको भूमिकामा फिल्मको अन्त्यतिर देखिएका बबीलाई पनि यो फिल्मले पुनर्जीवन दिएको छ । रनवीरको अभिनयलाई छायाँमा पारेर बबीले यो फिल्मको सफलताको सारा क्रेडिट लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९