कर्णाली चिसापानी नदिमा २५ जना यात्रु बोक्ने पानी जहाजको उद्घाटन

कैलाली । कैलालीस्थित कर्णाली नदिमा एसके मोटर बोड पानी जहाज सञ्चालनमा आएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिले पर्यटक घुमाउने उद्देश्यले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिको लगानी रहेको सो पानी जहाजले एकै पटक २५ जना यात्रुलाई बोक्न सक्ने क्षमता छ । नेपालमा आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गर्दै कर्णाली नदिमा (पानी जहाज) को परीक्षण यात्रा गरि सकेपछि उद्घाटन गरिएको स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिले जनाएको छ । उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले

गर्नु भएको स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिका प्रबन्ध निर्देशक केशव गाहले बताए ।

मोहन्याल गाउँपालिका वडा नं ७ पितमारीको मनसुन प्यालेस एण्ड रिसोर्टमा उक्त कार्यक्रम भएको थियो। २५ जना सिटमा अट्ने गरी यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ । सञ्चालन गर्न करीब ४ करोड लागत लागेको छ । तत्कालका लागि पर्यटक प्रयोजनका लागि मात्र सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा पूर्व संविधानसभा सदस्य कमला ओली, लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही,उप प्रमूख जुना चाैधरी, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) उपाध्यक्ष कमल वहादुर साउँद, पुर्व वडा अध्यक्ष र वर्तमान वडा अध्यक्ष समाजसेवि बुद्धिजीवी लगायतको सहभागीता रहेको थियो।

नेपाल पर्यटन बोर्ड बाट ११ किलो मिटरको दुरीकाे मान्यता पाएको जलयात्राको भाडा सार्वजनिक गरीएको स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिका प्रबन्ध निर्देशक केशव गाह बताएका छन् । पानी जहाज यात्रा गर्ने यात्रुको बीमा प्रति व्यक्ति ७ लाख रहेकाे छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिका प्रबन्ध निर्देशक केशव गाहले झण्डै १० करोड लगानी गर्ने बताएका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?