
वासिंगटन डिसी। अमेरिकी आक्रमणमा कम्तिमा १० हुथी विद्रोही मारिएका छन् ।अमेरिकी सेनाले लाल सागरमा विद्रोही डुङ्गामाथि आक्रमण गर्दा कम्तीमा १० लडाकुको मृत्यु भएको हो ।अमेरिकी सेनाका अनुसार हुथीहरूले सञ्चालित धेरै साना डुङ्गाहरूलाई नष्ट गरेको छ, जब उनीहरूले साना हतियारले गोली हानेर मार्स्क कन्टेनर जहाजमा चढ्ने प्रयास गरिरहेका थिए । विद्रोही नियन्त्रित बन्दरगाह होडेडाहको एक स्रोतले भन्यो, ‘होदेइदाहको समुन्द्रमा एउटा जहाजलाई रोक्न खोज्ने हुथी डुङ्गाहरूमा अमेरिकी आक्रमणमा दश हुथी मारिएका छन् र दुई जना घाइते भएका छन्।’ दोस्रो स्रोतका अनुसार चार जना बाँचेका मध्ये दुई जना घाइतेलाई अस्पताल लगिएको र उनीहरू होडेडाह आइपुगेका छन्।