शुक्रबार, भदौ २७, २०८२

इरानको बिष्फोटमा मारिनेको संख्या १०३ पुग्यो

तेहरान । इरानको केरमान सहरमा दुईवटा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ । सो घटनामा परी  १ सय ७० भन्दा बढी घाइते भएका छन् । विस्फोटहरू देशका पूर्व जनरल कासिम सुलेमानीको चिहान नजिक भएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले सुलेमानीको हत्याको चौथो वर्षगाँठको अवसरमा आयोजना गरिएको कार्यक्रममा यी विष्फोट भएको जनाएको छ ।

 

इरानका डेपुटी गभर्नरले यो घटनालाई आतंकवादी हमला भनेका छन् । सन् २०२० मा अमेरिकाले जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमणमा मारेको थियो । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि सुलेमानीलाई देशका सबैभन्दा शक्तिशाली व्यक्तिमा थिए ।

 

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सडकमा धेरै शव देखिएका छन् । इरानी सरकारी मिडियामा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो भीड क्षेत्रबाट भागेको देखाइएको छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

 

इरानको राष्ट्रिय आपतकालीन सेवा संगठनका प्रवक्ता बाबक येक्ता परस्तले विस्फोटमा मारिनेको संख्या अझै बढ्न सक्ने बताए । अल जजिराका अनुसार इरानी सरकारी टेलिभिजनलाई भने कि ‘हामीले प्राप्त गरेको जानकारीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको देखाएको छ।’उनले यो पनि भने कि आपतकालीन सेवा हेलिकप्टरहरू केरमानबाट बिरामीहरूलाई राजधानी तेहरानका अस्पतालहरूमा लगिएको छ ।

 

पूर्व जनरल सुलेमानी ३ जनवरी २०२० मा बगदाद एयरपोर्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। जसको निधन भएको आज चार वर्ष पूरा भएको छ । यसै अवसरमा उनको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो, सोही कार्यक्रममा यी विस्फोटहरू भएका छन । उल्लेखनीय छ कि २०२० मा ट्रम्पले सुलेमानीको मृत्युलाई सबैभन्दा ठूलो विजयको रूपमा वर्णन गरेका थिए र अमेरिकाले उनलाई विश्वको नम्बर एक आतंकवादी भन्ने गरेको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९