काठमाडौं । भारतको अयोध्यामा प्राण प्रतिष्ठा हुन लागेको राम मन्दिरका लागि कोशेली पठाईएको छ ।जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा गर्न लागेको सो मन्दिरका लागि जानकीको माइतिपक्षबाट ११ सयवटा कोशेली पठाइएको हो ।जनपुरमा आयोजित एक समारोहका बिचमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सो कोसेली हस्तान्तरण गरेका छन । जनकपुरवाट जाने कोशेलीमा धनुष, खराऊ, पलङ देखी आवाश्यक समान सबै पठाइएको छ ।जानकी मन्दिर, जनकपुरका महन्थका अनुसार सो कोसेलीहरुमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्हो, विभिन्न प्रकारका मिठाइसहित जनकपुरबाट अयोध्या प्रस्थान गरेको छ । 






































































































































































