चन्दा नदिएकाे भन्दै राैतहटमा १० दिनदेखि वडा कार्यालयमा ताला

 

रौतहट । संघीयता पछि गाँउ गाँउमा सिंहदरवार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए।२०७४ को स्थानिय निर्वाचन पछि गाँउ गाउँमा सिंहदरवार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबण्डामा अल्झिएका छन् ।नागरिकको पीरमर्कालाई हेर्ने उनीहरुलाई मतलब नै देखिएन । बजेट बाहेक अन्य समस्या देखने यीनलाई फुर्सद नै छैन। यसको ज्वलन्त उदाहरण बनेको छ रौतहटको वृन्दावन नगरपालिका ।

 

पूजाको लागि चन्दा नदिएको भन्दै वडा १ को कार्यालयमा एक समूहले डेढ सातादेखि ताला लगाएको थियो। तर उक्त ताला अर्थात वडाको कार्यालय खुलाईदिने कोही भएन।वडा कार्यालयमा ताल्चा लागेपछि आम सर्वसाधारण मर्कामा परेका छन भने कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द भएको छ।स्थानिय राजदेव पटेल करिब पाँच दिनदेखि वडा कार्यालय धाइरहेका छन्। तर, वडा कार्यालयमा ताला लागेको देखेर उनी सधैं फर्केर आउँछन्। उनको भर्खरै जन्मेकी छोरीको जन्मदर्ता बनाउन वडा कार्यालय धाउने गरेको बताउँछन्।  वडा कार्यालयमा तालाबन्दी गरिएको कुरा थाहा पनि छैन र पटेल मोबाइल समेत चलाउँदैनन् ।

 

 

पटेललाई छोरीको जन्मदर्ता बनाई बालपोषण भत्ता खुवाउने चिन्ता लागेको छ।तर, वडा कार्यालयमा तालाबन्दी कै कारण उनको छोरीको जन्मदर्ता बन्न सकेको छैन। उक्त वडाका राजदेव पटेल मात्र होईन कार्यालयमा डेढ साता देखि तालाबन्दीका कारण कैयौं सर्वसाधारण मर्कामा परेका छन। वडा अध्यक्ष रामनाथ सहनीले दुर्गा पूजाको अवसरमा लागेको मेलामा चन्दा नदिएका कारण वडा कार्यालयमा ताला लागेको स्वीकार्छन् ।वृन्दावनका मेयर विनोदप्रसाद कुर्मीले दुर्गा पूजाको लागि बचन दिएको चन्दा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएका कारण दिन नसकेकाकाले स्थानिय अमिन्दर पटेल सहितको टोलीले वडा कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष सहनीले बताएका छन।

 

 

दुर्गा पूजाको अवसरमा मेला लगाउन नगरप्रमुख कुर्मीले पाँच लाख रुपियाँ दिने प्रतिबद्दता गरेको थियो । तर, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद उत्पन्न भएका कारण समयमा उक्त भुक्तानी हुन नसकेकाले आक्रोसित स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेको वडाअध्यक्ष सहनीले बताएका छन्।मेयरले भुक्तानी नदिँदा वडा कार्यालयमा किन तालाबन्दी गरेको भनेर सोध्दा स्थानीय अमिन्द्र पटेलले वडा कार्यालय पनि नगरपालिकाकै अंग भएकाले तालाबन्दी गरेको बताए ।  त्यसैगरी नगरको स्वास्थ संस्थाहरुमा औषधिको अभाव छ तर कसैको ध्यान गएको देखिएन।

 

 

यसरी वृन्दावन मात्र नभई जिल्लाको आधादर्जन पालिकामा बेथिति देखिएको छ।सोमवार रौतहटको कटहरिया नगरपालिकामा पनि जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन। त्यस अघि गरुडा नगरपालिकामा सुविधाको माग गर्दै उपमेयर सहित जनप्रतिनिधिले पाँच दिन अघि नगरपालिकाको मुलगेटमा ताला लगाएर धर्नामा बसेका छन।तालाबन्दीका कारण पाँच दिनदेखि त्यहाँका नागरिकले पाउने सम्पूर्ण सेवा सुविधा बन्द भएको छ।उता तलबको माग गर्दै फतुवा बिजयपुरमा शिक्षक कर्मचारी एकसाता अघि देखि धर्नामा बसेका छन। उनीहरूको माग प्रती जनप्रतिनिधिहरु गम्भीर नभएको शिक्षकहरूको आरोप छ।यसरी दुई गाउँपालिका सहित १८ स्थानियतह रहेको रौतहटको अधिकांश स्थानमा जनप्रतिनिधिहरु बजेटकै भागबण्डामा रुमलिएको देखिन्छ। मतदाता नागरिकको सेवा सुविधा र मार्कालाई उनीहरूले बिर्सनै सकेको देखिन्छ। तथापी नागरिकको समस्या समाधान तथा पालिकाहरुको अवस्था बारे राज्य गम्भीर हुनु जरुरी देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९