तामाङ समाज माल्टाले सोनाम ल्होछार पर्व मनाउने

माल्टा (युरोप) तामाङ समाजले युरोपको माल्टामा भब्यरुपमा सोनाम ल्होछार पर्व मनाउने तयारी गरेको छ । फ्रेबुअरी १० तारीख माघ २७ गतेका दिन सोनाम ल्होछार पर्व मनाउनुका साथै बृहत सांस्कृतिक कार्यक्रम समेत आयोजन गर्ने तयारी गरेको हो । विशेष गरी तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व मार्फत युरोपको माल्टामा रहेका सबै नेपालीबीच सामाजिक सद्भाव र आत्मियता आदान–प्रदान गर्नको लागि समन्वय र सहकार्य गरेर भब्यरुपमा सोनाम ल्होछार पर्व मनाउन लागेको बताउँदै तयारीको सम्पूर्ण काम सकिएको तामाङ समाज माल्टाका अध्यक्ष सुनिल तामाङले बताए ।

 

हामी नेपालीहरु रोजगारको सिलसिलामा विश्वको जुनसुकै ठाउँमा भएपनि नेपाली रिती रिवाज संस्कृतिको संरक्षणमा लाग्नुपर्छ । तामाङ समाज माल्टाले पनि नेपाली संस्कृतिको जगेणा गर्नकै लागि पर्व मनाउन लागेको अध्यक्ष तामाङले बताए । सोनाम ल्होछार पर्वलाई खुसिका साथ मनाउन सबैसंग उनले अपिल समेत गरेकाछन् । पर्वको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । भेषभुषा र नेपाली मौलिकतामा आधारित रही आफ्नो संस्कृति झल्काउने गरी साँस्कृतिक कार्यक्रम समेत देखाउन सक्ने व्यवस्था गरिएको सास्कृतिक बिभाग प्रमुख छिरिङ लामाले बताए । सोनाम ल्होछार पर्व मनाउनको लागि माल्टामा रहेका सबै नेपालीलाई सुचना गरी सकेको प्रचारप्रसार बिभाग प्रमुख रबिन तामाङले जानकारी दिएकाछन् ।

 

रोजगारीको सिलसिलामा माल्टामा रही सामाजिक कामका साथै पत्रकारितामा सक्रिय रहेका पत्रकार एवम् तामाङ समाज माल्टाका महासचिव अशिम लोप्चन तामाङले सोनाम ल्होछार पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न माल्टा तथा गोजोबासी सबैको सहयोग आवश्यक रहेको बताएकाछन् । कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्नको लागि जोसुकैले नाम टिपाउन सक्नेछन् । सोनाम ल्होछार पर्व कार्यक्रममा चर्चित गायक पुष्प वाईबा, एनएमबी ब्यान्ड र एनएसएम ब्यान्डको बेजोड साँस्कृतिक प्रस्तुती समेत रहने आयोजकले बताएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९