कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ३ फलेविसौनाका विपन्न वर्गका परिवारलाई पानी छान्ने फिल्टर र ग्याँस चुलो सिलिण्डर वितरण गरिएको छ । बुद्ध सामुदायीक वन उपभोक्ता समूहको आर्थिक सहयोगमा गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) काे प्रमूख आथित्यमा वितरण गरिएको हो । सामुदायीक वन उपभोक्ता समूहकी सचिव भीम कला थापा मगरले स्वागत मन्तव्य गरेको कार्यक्रममा ५० घरपरिवार परिवारलाई पानी फिल्टर वितरण गरीएको छ भने ५० घर परिवारलाई ग्यास चुलो सिलिण्डर वितरण गरिएको कार्यक्रमका सभापति बुद्ध सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जंग बहादुर बगालेले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं ३ का वडा अध्यक्ष नन्दराम गिरी (नविन) रहनु भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय फलेविसौनाका वन रक्षक चेतेन्द्र मल्ल, शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन राज गिरी, जनकल्याण सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरी, जनचेतना सामुदायीक वन उपभोक्ता समूहका कोषाध्यक्ष हेमन्त सिजाली, शान्ति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक राम बहादुर थापा,फलेविसौना स्वास्थ्य शाखा प्रमूख प्रकाश थापा मगर, कोशेली एफएम ९७ मेगाहर्जका प्रबंधक निर्देशक लिला जंग शाही, वैज्ञानीक मिडियाका प्रबंधक निर्देशक टीकाराम साउँद, नेपाल बुद्ध युवा क्लबका अध्यक्ष चित्र बुढाथोकी मगर, युवा समाजसेवी खकेन्द्र बहादुर शाही, युवा समाजसेवी गणेश भण्डारी, व्यापारी तथा युवा समाजसेवी लोक बहादुर शाह , विपिसी टेड्रर्सका संचालक बिष्णु चौधरी,करुणा सिमेन्ट टायल उद्योगका संचालक प्रेम सिंह ठकुरी र सन्त निरकारी मिसन फलेविसौनाका अध्यक्ष उजिरे टमटा लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

बायोस्याण्ड फिल्टर र ग्याँस चुलो सिलिण्डर वितरण कार्यक्रममा सामुदायीक वनका पदािधकारी , कर्मचारी तथा स्थानीय समाजसेवी बुद्धिजीवीहरु उपस्थितिमा वितरण गरिएकाे हाे । कार्यक्रम संचालक सामुदायीक वन उपभोक्ता समूहका सह- सचिव योगेश बगाले मगरले गरेका थिए। सामुदायीक वनका ९४ घरधुरीलाई निशुल्क फिल्टर र ग्याँस चुला सिलिण्डर वितरण गरेको हो । वन पैदावरको खपत कम गर्नलाई फिल्टर र ग्याँस चुलो सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष जंग बहादुर बगालेले जानकारी दिनुभयो । झण्डै ६ लाख रुपैयाँको लगानीमा वन पैदावरको खपत कम गर्नलाई शुद्ध खानेपानीको लागि फिल्टर र ग्याँस चुलो सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष बगालेले जानकारी दिनुभयो । वनबाट उत्पादन भएको ढलापडा काठको दार र दाउरा, संकलित रुपियाँको व्याजबाट प्राप्त रकमलाई वन संरक्षणका लागि प्रयोग गरेको अध्यक्ष बगालेले बताउनुभयो ।

कोषाध्यक्ष गीता देवी बुढा थोकीका अनुसार सामुदायिक वनक्षेत्र भित्रका उपभोक्तालाई शुद्धखानेपानीको लागि पानी छान्ने फिल्टर समेत वितरण गरिएको छ । यहाँका ९४ घर धुरीलाई पानी छान्ने फिल्टर वितरण गरेछौं। सामुदायीक वनले वडा कार्यालयलाई शुद्धखानेपानीको लागि पानी छान्ने फिल्टरर र स्वास्थ्य शाखा फलेविसौनालाई ग्याँस चुलो सिलिण्डर सहयोग गरेको कोषाध्यक्ष बुढा थोकीले बताइन्। सामुदायीक वनबाट क्यान्सर पीडित नन्दराम गिरी (नविन) लाई सहयोग स्वरुप ५० हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो भने सन्त निरकारी मिसन फलेविसौनालाई २० हजार बराबरको चेक मिसनका अध्यक्ष उजिरे टमटा हस्तान्तरण गरिएको हो । फिल्टर र ग्यास पाए पछि उपभोक्ताहरु खुशी हुँदै सामुदायीकका पदाधिकारीलाई धन्यबाद दिएका छन्।
