हिजबुल्लाह प्रमुखले भने, ‘अमेरिकाको यमन माथीको आक्रमण मुर्खतापूर्ण’

यमन । हिजबुल्लाह प्रमुखले अमेरिका र बेलायतले यमनमाथी आक्रमण मुर्खतापूर्ण भएको प्रतिक्रिया दिएका छन् । हिजबुल्लाह नेता हसन नसरल्लाहले यमन माथी आक्रमण मुर्खतापुर्ण भएको प्रतिक्रिया दिएका हुन् । हुथी विद्रोहीहरूले लाल सागरमा इजरायल सबन्धित कार्गो जहाजमा आक्रमण गर्न थाले पछि अमेरिका र बेलायतले निरन्तर प्रतिबाद गर्न सुरू गरे पछि हिजबुल्लाह प्रमुखको यो प्रतिक्रिया आएको हो ।

 

इजरायलसँग लागेर अमेरिकाले यमन माथी गर्ने हमला गलत भएको बताउँदै उनले लाल सागरमा अमेरिकी कारबाहीले समुद्री नेभिगेसनलाई खतरामा पार्ने पनि जनाएका छन् । ‘लाल सागरमा सुरक्षा अवरुद्ध भएको छ’, नसरल्लाहले प्रत्यक्ष सम्बोधनमा भने, ‘यो लडाईले लालसागरमा मिसाइल, ड्रोन र युद्धपोतको सिनेमा चलिरहेको छ, यसले पछि ठुलो असर गर्नेछ ।’

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१