मुगु । कर्णाली प्रदेशका हिमाली मुगुको उपल्लो मुगुका लामा समुदायका नागरिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।बिगतका वर्षहरुमा तरकारी खान त के उत्पादन गर्न समेत नमानेका उनीहरु पछिल्लो समय बालुवामा तरकारी खेतितर्फ आकर्षित भएका हुन ।तरकारी खेति गर्न नचाहेका लामा समुदायका नागरिक चेतना बिकास सँगै तरकारी खेतिमा रमाउन थालेका छन् । सदरमुकाम गमगढी बजार बाट दुई दिनको पैदल यात्रामा पुगिन्छ , मुगुम कार्मारोङ्ग गाउपालिका वडा नं १ चितै गाउँ ।सुख्खा वातावरणमा रमाई रहेका लामा समुदायका नागरिहरु हिउँदे याममा बारीमा हरियाली तरकारी फल्दा निमा छोङमु लामा मख्ख परिन । बिगतका वर्षहरुमा हरीया तरकारी उत्पादन हुन्छ कि हुदैन , खान मिल्छ कि मिल्दैन भन्ने लामा समुदायका नागरिकलाई थाहा थिएन । अहिले घर आँगनमै बेमौसमी हरिया तरकारी उत्पादन भए पछि आनन्दसँग खान पाएका छन् ।बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उपार्जनमा पनि राम्रो देखिएकाले लामा समुदायका नागरिक मौषमि तथा बेमौषमि तरकारी खेति तर्फ आकर्षित देखिएको मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ चितैका घोटु छिरिङ तामाङले बताए ।
उनका अनुसार बिगतका वर्षहरुमा हाम्रो गाउँ चितै लगायत अन्य बस्तिहरुमा तरकारी खेति हुदैन थियो , गर्न पनि त्यति रुचाएका थिएनौ पछि संघ संस्थाको सहयोग र विकास सँगै त्यहाँका नागरिक तरकारी खेति तर्फ लागेका छन् । आफ्नो ग्रिन हाउस मार्फत बेमौसमी हरियो सागपात, धनियाँ, प्याज जस्ता तरकारी उत्पादन गर्दै आइरहेका छन् । बिशेष गरेर लामा समुदायका नागरिकहरु तरकारी खेतीबाट आत्मनिर्भर बन्ने अपेक्षा गरिएको किसान छोमु लामाले बताईन । मुगुम कार्मारोङ गाउँपालिकाका लामा समुदायका महिलाहरु तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएका हुन् । युनाईटेड मिसन टू कलष्टर (युएमएन) मुगुको आर्थिक सहयोग र करानी सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा मुगु सामुदायिक प्रगतिका लागि पहल परियोजना (मिका) कार्यक्रम अन्तर्गत एक सय १५ जना लाई ३५ वटा समुह मार्फत सामुहिक तरकारी खेति खेति रहेको करानी सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताए ।
तरकारी खेतिमा ध्यान नदिएका लामा समुदायका नागरिक पछिल्लो समय तरकारी खेति लाई पनि प्राथमिकतामा राखेर कृषि कर्म गर्न थालेका छन् ।बजारको आयतित तरकारीमा भर परेका लामा समुदायका नागरिक अहिले आफै उत्पादन गर्न थाले पछि ईच्छा अनुसार उपभोग गरि रहेका छन् ।मौसमी तथा बेमौसमी याममा बारीमा हरियाली नदेखेको लामा समुदायहरु केसिडिसिले टनेल लगायत अन्य कृषि सामग्रीहरु उपलब्ध गराए पछि अहिले बेमौषमिको समयमा पनि मज्जा सँग तरकारी खान पाएका छन् ।
























































































































































