अमेरिकामा तीन ठाउँमा गोली हानी ८ को हत्या, हत्यारा एकै भएको प्रहरी दाबी

शिकागो । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ । अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो । अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको छ । सो घटनामा इलिनोइस राज्यका प्रहरी अधिकारीहरूले सोही व्यक्तिले ८ जनाको हत्या गरेको र हाल फरार रहेको जानकारी दिएका छन् ।

 

अमेरिकी सञ्चारमाध्यमका अनुसार इलिनोइस राज्यको शिकागो नजिकै रहेको जोलिएट विल काउन्टीका प्रहरीले हत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेको बताएको छ। सोमबार साँझ पत्रकारसँग कुरा गर्दै उनले हत्या गर्ने व्यक्ति पीडितलाई चिनेको दाबी गरेका छन । आइतबार र सोमबार तीन फरक ठाउँमा मृतकको शव फेला परेको थियो । अमेरिकामा हत्या भएको जानकारी पाएपछि प्रहरीले सामाजिक सञ्जालमा चेतावनी जारी गरेको छ ।

 

प्रहरीले सो घटनाको संदिग्धलाई सशस्त्र र खतरनाक हत्यारा घोषणा गरेका छन । जोलिएटका प्रहरी प्रमुख विलियम इभान्सले संघीय अनुसन्धान ब्यूरो (एफबीआई) टास्क फोर्सले संदिग्धको खोजीमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताए। मारिएका मध्ये एक जनाको शव आइतवार विल काउन्टीको एक घरमा फेला परेको थियो भने बाँकी ७ जनाको शव जोलिएटस्थित दुई घरमा भेटिएको थियो ।

सोमबार साँझ पीडितको घरबाहिर पत्रकार सम्मेलन गर्दै विलियम इभान्सले भने,  ‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’सोमबार दिउँसो फेसबुक पोस्टमा, जोलिएट पुलिसले भने कि उनीहरूले मृत फेला परेका व्यक्तिहरूको अनुसन्धान गरिरहेका थिए। यसका साथै उनले संदिग्ध अभियुक्तको तस्बिर पनि सेयर गरेका छन् र अभियुक्तको गाडीको पहिचान पनि गरेका छन् । प्रहरीका अनुसार आरोपीको नाम रोमियो नान्स रहेको छ, जो २३ वर्षका छन । उनीसँग रातो टोयोटा क्यामरी कार पनि थियो, जुन उसले चलाइरहेको थियो।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९