कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा आरसीसी सडक निर्माण कार्य अधि बढेको छ। पालिकाकाे वडा नम्बर २ मा रहेको बौनिया बजार व्यवस्थापन समितिको कार्यालयाको पछाडी आरसीसी सडक निर्माण कार्य सुरु भएको छ। यही माघ महिनाको ८ गते बाट सडक निर्माण कार्य सुरु भएको वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द विकले जानकारी दिएका छन्। पालिकाले ५० लाख र शंघीय सरकार बाट ५० लाखको अनुदानमा वडा नम्बर २ मा सडक निर्माण कार्य सुरु भएको हो ।
वडाअध्यक्षको भनाई अनुसार ५० मि आरसीसी र १२०० मि कालो पत्रे हुने वैज्ञानीक मिडियालाई जानकारी दिएका हुन्। निर्माण भई रहेको आरसीसी सडकको अनुगमन गर्दै वडा अध्यक्ष विकले यस्तो बताएका हुन्। पालिका वडा नम्बर २ बौनियामा वर्षाका बेला पानीले स्थानीय लगायत अन्य जनताहरुलाई आवत जावतमा धेरै गाह्रो हुन्थ्यो त्यसैले म आफै काठमाण्डौ गएर बजेटको कुरा गरेको थिए र् संघीय सरकारले सहयोगकाे कारणले मलाई जनताको काम गर्न सहज भएको वडा अध्यक्ष गोबिन्द विक बताउनुहुन्छ।
स्थानीय जनता भन्छन, “हाम्रो यो सडक निर्माण होला भन्ने बिस्वास लागेको थिएन तर अहिलेका वडा अध्यक्षले राम्रो काम गर्नु भएको छ हामी निकै खुशी छौ ” हाम्रो यस क्षेत्रका जनता धेरै पछाडी पढेका थिए र अहिले हाम्रो ठाउँ बाट बिकास हुँदा निकै खुशी लागेको स्थानियहरु बताउँछन्।



































































































































































