लागुऔषध सहित एक जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन ।  रामग्राम नगरपालिका वडा नं. १८ धरमपुर स्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ आउदै गरेक लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक रामग्राम नगरपालिका वडा नं. १५ डिगोल बस्ने २४ बर्षिय नुर मोहम्मद धुनिया पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो  ।धुनियाले पछाडी बोकेको झोलाबाट डाईजेपाम १ सय एम्पुल, फेनार्गन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल र नाईट्रोभेट २० पत्ता (६ सय ट्याब्लेट) प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले धुनियालाई मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?