बझाङमा जिपको ठक्करबाट एक महिलाको मृत्यु

बझाङ । बझाङमा जिपको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको ज्यान गएको छ। केदारस्युँ गाउँपालिका–४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई बुधबार बिहान ९ बजे सडक नजिक धारामा पानी भर्न जाँदा जिपले ठक्कर दिएको थियो। जिपले ठक्कर दिँदा मल्लको टाउको र छातीमा चोट लागेको थियो।

 

घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपछि थप उपचार गर्न धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। चालक बित्थडचिर गाउँपालिका–६ का २४ वर्षीय विशालसिंह स्याडालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?