कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक बिद्या मन्दिरले आज लागूऔषध सचेतना प्रशिक्षण कार्यक्रम २०८० आयोजना गरेको कार्यक्रम सम्पन्न भएकाे छ।
विद्यालयका प्रधानाध्यापक विकास थापाले भने आजका बालबालिका तथा युवाहरू धेरै लागूऔषधमा परेका हुँदा हामीले यो कार्यक्रम गरेका हौँ। यस कार्यक्रममा मुख्य प्रशिक्षण सशस्त्र प्रहरी बल वेश क्याम्प बौनियाका डिएसपी सत्य पुरी र साहरा घरका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट रहेकाे विद्यालयका प्रधानाध्यापक विकास थापाले जानकारी दिएका हुन्।
यसैगरी सशस्त्र प्रहरी बल बेस क्याम्प बौनियाका डिएसपी सत्य पुरीले लागूऔषध भनेको निकै खतरा नशालु पदार्थ हो। यसले गर्दा हाम्रो शारीरिक मानसिक जीवनमाथि निकै ठूलो भूमिका खेलेको हुन्छ। यो भनेको हाम्रो जीवनमा कहिले पनि काम नलाग्ने पदार्थ हो। यो एकचोटि प्रयोग गरेपछि यसलाई पटकपटक प्रयोग गर्ने मन लाग्छ। यदि त्यो खान नपाएपछि त्यो व्यक्तिले आफ्नो जिउमाथि विभिन्न किसिमका चोट पटक लाग्न सक्छ। लागू औसत प्रयोग गरेपछि हामीलाई विभिन्न किसिमका रोगहरू लाग्न सक्छन्। हामीले यो लागु औषधलाई विभिन्न माध्यमबाट खाने गर्दछन् र ती माध्यमबाट एकबाट अर्कोमा रोगहरू सर्न सक्छ।
यसैगरी अर्का प्रशिक्षक साहरा घरका संस्थापक अध्यक्ष बलबहादुर बिष्टले भने हो हाम्रो समाजमा अहिलेका बालबालिका तथा युवाहरू लागूऔषधमा निकै आकर्षण भएका छन्। यसलाई न्यूनीकरण गर्नको लागि हामीले यस्ता कार्यक्रमहरू सँगै सडक नाटक जस्ता हामीले देखाउनुपर्छ। हामीले यो सम्बन्धी सबैलाई यहाँ सिकेको सबैलाई जानकारी गराउनुपर्छ भन्ने भनेका थिए।
कार्यक्रममा श्री आदर्श सामुदयिक विद्या मन्दिरका प्रधानाध्यापक विकास थापाले सशस्त्र प्रहरी बल बेस क्याम्प बौनिया साहर घरका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट धन्यवाद व्यक्त गरेका छन्। उक्त कार्यक्रममा साहरा घरद्वारा निर्मित हाम्रो सहारा चलचित्र पनि विद्यार्थीहरूलाई देखाएको विद्यालयका प्रधानाध्यापक विकास थापाले जानकारी दिएका हुन्।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































