नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समुह बिच झडप, ३० को मृत्यु

नाइजेरिया । नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ । नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे  ।मङ्गलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा क्रिसमस डे आक्रमण पछि आएको हो, यसअघिको हिंसामा कम्तिमा १ सय ४० जनाको मृत्यु भएको थियो। सो राज्यका मुस्लिम गोठालाहरू र खेती गर्ने इसाइ समुदायहरू बीच वर्षौंदेखि झडप भइरहेका छन, साेही क्रममा पछिल्लाे साे घटना घटेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन ।

 

पठारको मङ्गु जिल्लामा गत मंगलबार २४ घण्टे कर्फ्यू लगाइएको भएता पनि विद्यालय, पूजास्थल र घरमा आगजनी र तोडफोडसहित थप आक्रमण भएको इसाइ समुदायका नेताहरूले बताएका छन्। इसाई समुदायका अनुसार फुलानीका मुस्लिम गोठालाहरूले क्वाहास्लालेक गाउँमा आक्रमण गरेको र लगभग ३० जनाको ज्यान लिएका हुन ।

 

‘अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छोडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै मात्रै गर्न सक्छन्, स्थित भयावह रहेकाे छ, ’ स्थानिय इसाइ संघले एक विज्ञप्तिमार्फत भनेको छ । सो घटनामा परी अहिलेसम्म १०० भन्दा बढी घाइते भएकाे भ्वाे न्युजले जनाएकाे छ ।

 

तर, सुरक्षाकर्मीहरूले हालैका आक्रमणहरूमा मृत्यु हुनेहरूको संख्याबारे टिप्पणी गरेका छैनन्। तर, विस्थापितहरूका लागि मङ्गु सहरमा करिब १५ सय मानिसहरूका लागि दुईवटा शिविर स्थापना गरिएको नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले बताए ।

 

 

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९