५० बर्ष अघि जापानमा बिष्फोट गराउने महिला अस्पतालमा फेला

टोकियो । दशकौं देखि सातोशी किरिशिमाको मुस्कुराउने मगसट जापानभरका पुलिस स्टेशनहरू बाहिर वान्टेड पोस्टरहरूमा चित्रित छ। ४९ वर्षसम्म भागे पछि जापानी अधिकारीहरूले यो सोचेका छन कि उनीहरूले आफ्नो मान्छे पाएको हुन सक्छ। टोकियो नजिकैको एक अस्पतालका एक बिरामीले आफू सन् १९७० को दशकमा धेरै घातक बम विष्फोट गराउने आतङ्ककारी समूहको सदस्य किरिशिमा भएको दाबी गरेकी छन्। जसले अहिले हंगामा मच्चाएको छ ।

 

क्यान्सरबाट पीडित उनी अर्कै नाममा भर्ना भएकी छिन, जुन दावी उनले गरे पछि उनको डीएनए परीक्षणको लागि प्रहरीले प्रतिक्षा गरिरहेको छ। सन् १९७४ मा मित्सुबिसी हेभी इन्डस्ट्रिजको मुख्यालयमा समूहले गरेको आक्रमणमा ८ जनाको मृत्यु भएको थियो । जापानको राष्ट्रिय पुलिस एजेन्सीले आफ्नो वेबसाइटमा किरिशिमाले विस्फोटक पदार्थ नियन्त्रण गर्न आपराधिक नियमहरू उल्लङ्घन गरेको र कम्पनीहरूमा श्रृंखलाबद्ध बम विस्फोट गराएको उल्लेख गरेको छ । जसका लागि उनलाइ खोजी गरिराखिएको छ ।

 

स्थानिय समाचार संस्थाका अनुसार किरिशिमाले १८ अप्रिल १८७५ मा एक विशेष आक्रमणमा टोकियोको गिन्जा जिल्लाको भवनको एक भाग ध्वस्त पार्न घरेलु बम विस्फोट गराएकी थिइन । ४९ वर्षपछि अब ७० वर्ष पुगेकी किरिश्मा अन्ततः फेला परे पछि प्रहरीले उनको बारेमा थप अनुसन्धान गरिरहेको छ । टोकियोको दक्षिणी भागमा रहेको कानागावाको कामाकुरा शहरको अस्पतालमा चेकजाँच गर्दा उनले सुरुमा अर्कै नाम प्रयोग गरेकी थिइन ।

 

तर उनले गत बिहीबार अस्पतालका अधिकारीहरूलाई भनिन उनी वास्तवमा किरिशिमा हुन । उनले अगाडी भनिन, ‘ म आफ्नो वास्तविक नाम अन्तिम क्षणहरूमा प्रयोग गर्न चाहन्छु किनकि मसँग बाँच्न केही महिना मात्र बाँकी छ ।’ प्रहरीले अब उनको पहिचान पुष्टि गर्न डीएनए परीक्षण गरिरहेको छ । किरिशिमा पूर्वी एसिया एन्टी जापान सशस्त्र मोर्चासँग सम्बन्धित थिइन, जुन एक कट्टरपन्थी वामपन्थी संगठन, जसले १९७२ र १९७५ को बीचमा जापानको राजधानीका बिभिन्न कम्पनीहरू विरुद्ध धेरै बम विष्फोटहरू गराएको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९