
जर्जिया । पूर्वी युरोपको जर्जियामा दुई जुम्ल्याहा बहिनीको यस्तै एउटा घटना बाहिर आएको छ, जो १९ बर्ष पछि भेटिएका छन । यी दुई जुम्ल्याहा दिदीबहिनी जन्मकै बेला एकअर्काबाट अलग भएका थिए तर यति वर्षपछि सामाजिक सञ्जालमार्फत यी दुई जुम्ल्याहा दिदीबहिनीको भेटघाट भएको हो ।वास्तवमा, एमी ख्विटिया र आनो सरतानिया जुम्ल्याहा दिदी बहिनी हुन् तर दुवै जन्मने क्रममा नै अलग भएका थिए । यति मात्र होइन, दुवैजना एक अर्काबाट केही माइल टाढा जर्जियामा बस्दै आएका थिए तर उनीहरुलाई यसबारे कुनै जानकारी थिएन । सामाजिक सञ्जाल प्लेटफर्ममा टिकटक भिडियो भाइरल भए पछि यी दुईको पुनर्मिलन भएको छ ।
बीबीसीका अनुसार अस्पतालबाट बालबालिका चोरेर बेच्ने काण्ड दशकौंदेखि जर्जियामा चल्दै आएको छ, जुन आजसम्म पनि समाधान हुन सकेको छैन ।जुम्ल्याहा बच्चाकी आमा अजा शोनी सन् २००२ मा जन्मजात समस्याका कारण कोमामा गएकी थिइन् । यसपछि गोचा गखरिया र उनका श्रीमानले आनो र एमीलाई विभिन्न परिवारमा बेच्ने निर्णय गरेका थिए ।एनो टिबिलिसीमा हुर्केका थिए, जबकि एमी जुग्दिदीमा हुर्केका थिए र दुबै एकअर्काको अस्तित्वको बारेमा पूर्ण रूपमा अन्जान थिए। ११ वर्षको उमेरमा ‘जर्जियाज गट ट्यालेन्ट’ मा ठ्याक्कै आफूजस्तै देखिने केटीलाई देखेपछि उनी छक्क परेकी थिइन ।
तर, टिकटक भिडियोपछि मात्र उनीहरु दुबै जुम्ल्याहा बहिनी भएको थाहा भएको थियो । यसपछि जुम्ल्याहा दिदीबहिनीले बिछोडको जवाफ खोज्ने बित्तिकै उनीहरुले चकित पार्ने सत्य थाहा पाए । उनीहरूले थाहा पाए कि उनीहरू जर्जियाको अस्पतालबाट चोरी भएका थिए र अन्य हजारौं बच्चाहरू जस्तै बेचिएका थिए ।यो घटना दुई वर्षअघि जर्जियाको राजधानी टिबिलिसीको रुस्ताभेली ब्रिजमा भएको थियो जहाँ १९ वर्षअघि एमी र इनोको छुट्टिएपछि पहिलो पटक भेट भएको थियो ।