कैलाली । स्नेहा जोशीकाे अभिनयमा ‘जाली रुमाल’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । यो म्युजिक भिडियो ‘ओएसआर डिजिटल’ को युट्युब च्यानलमा शुक्रवार सार्बजनिक भएको हो । रङ्गकर्मी जोशीसँगै सुबास बम्जनले यस म्युजिक भिडियोमा अभिनय गरेका छन् । स्नेहाको यो पाँचौ म्युजिक भिडियो हो । यसअघि उनले दर्जन बढी नाटक र २ वटा शर्ट मुभीमा पनि काम गरीसकेकी छिन् । पछिल्लो समय स्वदेशमै रोजगारी नपाएर विदेशीनेहरुको कथालाई निर्देशक निकेश खड्काले ‘जाली रुमाल’ मा चित्रण गर्ने प्रयास गरेका छन् । विवाह गरीसकेपछि श्रीमानलाई बाध्यताले जोखिमका बाब्जुद पनि विदेश पठाउनुपर्ने तितो सत्यलाई भिडियोमा देखाइएको छ । स्वदेशमा केही गर्न सक्ने अवस्था नभएपछि बाध्यताले मन नभएर पनि विदेश जानुपर्ने अधिकांश नेपाली युवाको कथा यस म्युजिक भिडियोमा देख्न सकिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यस म्युजिक भिडियोको छायांकनदिनेश पराजुलीले गरेका छन् भने उनलाई रमेश पराजुलीले सहयोग गरेका छन् । रमेश ढकालका शब्दलाई टीका दहालले संगीत दिएका छन् भने डा. बरुण ढकालले आवाज दिएका छन् ।






















































































































































