इमरान खान र पत्नीलाइ ७ वर्षको जेल सजाय, अदालतद्दारा विवाह गैर इस्लामिक घोषित

इस्लामबाद । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ । गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो । इमरान खानकी पहिलाे श्रीमती खावर मनेकाले दुई विवाहबीच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लंघन गरेको आरोप लगाउँदै यस सम्बन्धमा मुद्दा दायर गरेका थिइन । इमरानकी पूर्व पत्नी मनेकाले पनि उनीमाथि विवाह अघि एक्स्ट्रा वैवाहिक सम्बन्ध रहेको आरोप लगाएकी थिइन् ।

 

ट्रायल कोर्टले रावलपिंडीको अदियाला जेलमा १४ घण्टाको सुनुवाइपछि शुक्रबार राती सुनुवाइ पूरा गर्‍यो, जहाँ इमरान खान सेप्टेम्बर २०२३ देखि धेरै मुद्दाका कारण बन्दी अवस्थामा रहेका छन्।पाकिस्तानी समाचार संस्थाका अनुसार  शुक्रबार अदालतले थप साक्षीहरू पेश गर्न बचाव पक्षको अनुरोधलाई अस्वीकार गरेको थियो। यस बाहेक बेलको याचिका पनि अदालतले खारेज गरेको थियो । गत बिहीबारको सुनुवाईका क्रममा अदालतमा इमरान खान र मनेकाबीच चर्को बहस भएको थियो र उनीहरूले एक अर्काविरुद्ध आरोप लगाएका थिए।

 

कुनै समयमा उनी आफ्नो बयान प्रमाणित गर्न पवित्र कुरानमा शपथ लिन तयार थिए तर न्यायाधीशले उनलाई यसो गर्दा उनले बहस गर्ने अधिकार गुमाउने बताएपछि उनी रोकिएकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

 

मेनकाले अदालतमा इमरान खानले आफ्नो पारिवारिक जीवन बर्बाद पारेको भन्दै छोरीले पनि सम्बन्ध विच्छेदको सामना गर्नुपरेकाे बताएकी छन् । यस विषयमा बुशराबीबीले भनिन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको छ, म झुक्दिनँ ।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९