गाजा । प्यालेस्टाइनी अतिबादी समुह हमासले गाजामा पुनः तैनाथी सुरू गरेको छ । हमासले हालैका दिनहरूमा गाजा सहरका केही क्षेत्रमा आफ्ना निजामती कर्मचारी र प्रहरी कर्मचारीहरूलाई आंशिक तलबमा तैनाथ गर्न थालेको हो ।
हमासका एक बरिष्ठ अधिकारीका अनुसार हालका दिनहरूमा वर्दी र सादा पोशाकका पुलिस अधिकारीहरू हमासको प्रहरी मुख्यालय र शिफा अस्पताल लगायत अन्य सरकारी कार्यालय नजिक तैनाथ गरिएको छ।
यी ती क्षेत्रहरू हुन्, जहाँबाट इजरायलले करिब एक महिनाअघि आफ्ना अधिकांश सेना फिर्ता गरेको थियो। खटिएका निजामती कर्मचारी मध्ये चारजना स्थानीय र एकजना वरिष्ठ लडाकु अधिकृत रहेका छन्, जसलाई तैनाथीको तलब दिइएको छ । गाजाको सबैभन्दा ठूलो सहरमा हमासको पुनरुत्थानले गत ४ महिनामा इजरायली सेनाले गरेको घातक हवाई र जमिनी आक्रामणको बाबजुद लचिलो ब्याबहार प्रदर्शन गरेको उसले जनाएको छ ।
तर, हमासले पुनः तैनाथी सुरु गरेको खबरसँगै इजरायली सेनाले गाजाको पश्चिमी र उत्तर पश्चिमी क्षेत्रमा फेरि हवाई आक्रमण गरेको छ। यसमा हमासले पुनः नियन्त्रण लिन खोजेका क्षेत्रहरू पनि समावेश रहेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन ।
इजरायलले गत महिना उत्तरी गाजाबाट फिर्ता लिएपछि ध्वस्त भएका क्षेत्रमा प्रहरी अधिकारीहरू फर्कनु भनेको व्यवस्थाको पुनर्स्थापनाको प्रतीक भएको हमासका बरिष्ठ अधिकारीहरुले प्यालेस्टाइनी मिडियासँग जनाएका छन ।





























































































































































