घुर ताप्ने जनताको सरोकार

 

जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस-माघ महिनातिर मधेस-तराईका मधेसी बहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ। घुर तापिरहेका मधेसी गाउँलेहरूको मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्य र तथ्यहरूलाई उपेक्षा गर्न सरकार र नागरिक समाजको लागि असम्भव छ।मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ।

 

 

अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन्। जिउ तताउने र तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटना कथाहरू र सामाजिक अनुभवका कुराहरूलाई अर्थ्याउने कार्य आम मधेसीहरूको जीवनको एउटा प्रमुख हिस्सा र मुद्दा बनेको छ। कोही-कोही महिला र पुरूष, बालबालिका बृद्धबृद्धा र युवायुवतीहरूले मैलो झुत्रे, च्यातिएको, जिउसमेत छोप्न नसक्ने तथा शीतलहर र जाडो छल्न नसक्ने खालका मलिन पहिरनमा जब घुरासामू बस्दछन् र आफ्नो जिउलाई तताएर जिउधनलाई संरक्षण गर्न खोज्दछन्, तब तिनीहरूको भविष्यको बारेमा चिन्ता गर्ने कुनै सरोकारवालाहरूले तिनीहरुको बारेमा के सोच्दछन् र के गर्दैछन् भन्ने कुरातिर ध्यानाकर्षण हुनुलाई मानवीय स्वभाव नै मान्न सकिन्छ।

 

घुरा ताप्दै बस्दै गरेका र आफ्नो ढाड सेक्दै गरेका समूहहरूले जिउ तताउने, तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका ज्ञान र गुणलाई घुरा वरिपरि बसिरहेका सहभागीहरूसँग सहजीकरण गरिरहेको भेट्टाउन सकिन्छ। जीवनका सुख-दु:खहरू एक-अर्कासँग साट्ने ठाउँका ‘घुर’निर बसेका सेवाग्राही पात्रहरू अनौठो किसिमबाट आफ्नो मनको पीडा र दु:ख-सुखहरू साटासाट गरिरहेका भेटिन्छन्। विपन्न र सम्पन्न सहभागीहरूले त्यसबारे आ-आफ्नो प्रतिक्रियाहरू जनाउँदछन्। कसैको घरको भान्सामा कसले भात पकाउँछ, कसले गाई चराउँछ, कसले भैंसी चराउँछ, कसलाई हलो जोत्न आउँछ, कसका छोराछोरीहरू विदेश गएका छन् आदि इत्यादि प्रसंगहरूमा खुलस्त रूपमा बहस हुन्छ। त्यति मात्र हैन, घुर ताप्नेहरूले ठाउँका ठाउँ घर झगडा मिलाउने, घर झगडा लगाउने, अंशबण्डा गर्न लगाउने, सासु-बुहारीको कुरा मिलाउने, छरछिमेकमा कोही बिरामी भए त्यसलाई उपचार गराउने लगायतका सामाजिक कार्यहरुको बाँडफाँट गर्ने उत्तरदायित्व पनि घुरा ओगटेर बस्ने त्यहाँका ठूलाबडाहरूकै सरोकारको विषय हुन्छ।

 

घुरा नजिक बस्दै नबस्ने र घुर सल्काउन नजान्ने व्यक्तिहरू घुरा प्रेमी समाजको आँखाको कसिङ्गर बन्न बेर लाग्दैन। संसदभित्र जसरी शून्य समयमा सांसदहरूले देश र जनताका समस्याहरू उठाउन चासो लिएका हुन्छन्, त्यसरी नै घुर छेउमा दोसल्ला ओढेर घोसे मुन्टे लागाएर कठ्याङग्रिँदो जाडोबाट बच्न ओत लागेका गरिबहरूले पनि हाकाहाकी घुरा ताप्ने सामन्तहरूसँग सवाल-जवाफ गर्न पाउँछन्। घूरा ताप्नेहरूले कुनै किसिमको हडबड नगरी फुर्सदिलो मनले घुराभित्रको ताप त उर्जालाई आफ्नो जिउको रगत त नशा-नशामा महसुस गर्दछन् र मनभित्रका उकुसमुकुस र समाजभित्रका थिचोमिचोलाई बडो निडर मनले उठाउँदछन्। घुरा फुक्दै र खोतल्दै बडो आनन्दसँग सबै उमेर, तह त तप्काका उर्जाशील प्राणी समूह र समुदायसँग भलाकुसारी गरेर रमाउँदछन् तथा प्रशिक्षण प्राप्त गर्दछन्। समाजको भावी घटना र भवितव्यहरूलाई पर्दाफास गर्दछन्। सरकार नालायक भएकोमा दुखेसो र आक्रोश पोख्दछन्। घुर दन्किरहँदासम्म घुरा ताप्नेहरूको धित मर्दैन तर घुराको आगो निभ्नेवित्तिकै सबै घुरा प्रेमीहरू आ-आफ्नो ठाउँमा फर्किन्छन्। यो एउटा नियमित प्रक्रियाझैं जाडोयामभरि सधैं चलिरहन्छ।

 

कहिलेकाहीँ घुरबाट सल्केको आगोले घुरा ताप्नेहरुको लुगाफाटो पनि जल्न सक्छ। घर र गाई गोठमा आगलागीका घटनाहरू हुने जोखिम पनि रहन्छ। सतर्कता नगरे ठूलो धनजनको हानी पनि हुन सक्ने घटनाहरू घटिरहन्छन्। तर, प्राय:जसो घुरा ताप्ने कार्यलाई निरन्तरता दिइरहनेहरूले कुनै किसीमको आर्थिक नाफा नोक्सान हुन्छ भन्ने ठान्दैनन्। घुरा ताप्नु निरर्थक कार्य हो, यसले मानिसलाई निष्कृय र अल्छी बनाउँछ। यसले अरूको डाहा गर्ने, खेदो गर्ने र कुरा काट्ने कार्य मात्र गर्दछ। घुरा ताप्नेहरूको संगत गर्दा असल संस्कारको विकास हुन सक्दैन भन्ने किसिमबाट तर्कहरू पनि गर्न सकिने धेरै ठाउँहरू हुन्छन्। तर, त्यस्ता कुराहरुमा घुरा ताप्नेहरूको कुनै चासो हुँदैन। गंगाजीमा मरेको भ्यागुत्ताहरू, बकुल्लाहरू र कुकुर-बिरालाहरू पानीमा बगिरहँदा पनि त्यसले गंगाजीको पानीलाई अलिकति पनि दोष लगाउन भन्न मिल्दैन।

 

नेपालको संविधानमा लेखिएको ‘समाजवाद’बाट घुरा ताप्ने वर्गहरू बन्चित रहे पनि घुरा ताप्ने अक्षरजीवी र श्रमजीवीहरूको अज्ञता र विज्ञता दुबै समाजको लागि प्रत्युत्पादक र घातक रहेको कुराहरूबारे यिनीहरूले सजिलै ठम्याउन सक्दछन्। सरकारले घुर ताप्ने समाजलाई फुकेर फुलाउन नसक्ने र थिचेर सिध्याउन नसक्ने हुनाले घुरा ताप्नेहरूले सरकारलाई ठूलो चुनौती दिन सक्छन् भन्ने कुराहरूबारे अनुमान लगाउन सक्ने प्रशस्त ठाउँहरू छन्। सरकारले के गर्दैछ, मन्त्रीहरू कहाँ बस्छन्? आफ्ना छोराछोरीलाई कहाँ लगेर पढाउँदैछन्? बैंक ब्यालेन्स र घर घडेरीहरू कसरी जोड्दैछन्? ठेक्का पट्टा र लाभदायक पदहरूमा आफ्ना नातागोता र बफादारहरूलाई कसरी छिराउँदै छन् भन्ने कुराहरूमा यिनीहरू पनि बुझ्ने हुन्छन्।

 

घुर ताप्नेहरू पुस्तौं पुस्तादेखि बञ्चितीकतणमा परेका छन्। यिनीहरू साँच्चिकै अर्थमा सर्वहारा हुन्छन्। यिनीहरू कांग्रेसको संगतमा परेपछि कांग्रेस र कम्युनिस्टको संगतमा परेपछि कम्युनिस्ट बन्दछन्।  यिनीहरू व्यर्थको राजनीतिमा कुनै चासो राख्दैनन्। डाँडाकाँडा चहारेर देशको समग्र वस्तुस्थिति बुझ्ने बारेमा पनि यिनीहरूसँग जुक्ति हुँदैन। दुनियाँले यिनिहरूलाई सुद्धिबुद्धि नभएको मानिस ठान्दछन् तर यथार्थमा उनिहरू पनि आ-आफ्नो ठाउँमा सर्वज्ञ र शक्तिशाली नै हुन्छन्। उनीहरू पनि आ-आफ्नो ठाउँको जल, जमिन, जंङगल र प्राकृतिक स्रोत साधनका विशेषज्ञ हुन्छन्। खेतबारी र पशुपालन कसरी गर्ने भन्ने सम्बन्धमा यिनीहरूसँग धेरै ज्ञान र जानकारी हुन्छ। सरकारले यिनीहरूलाई नहेरे पनि सरकारको हरेक गतिविधि र क्रियाकलापहरूबारे यिनीहरूले आफ्नो राय-सुझाव दिन सक्छन्।

 

मधेस-तराईतिरको घुर संस्कृति एक किसिमबाट चार वर्ण र छत्तीस जातको फूलबारी नै हुन्छ। सरकारलाई समेत गाली गर्न, प्रतिवाद गर्न तथा सराप्ने कार्यमा यिनीहरू कुनै नेताभन्दा कम आफूलाई ठान्दैनन्। तर, सरकारले यिनीहरूलाई नटेरे पनि यिनीहरूको मनभित्र हार्दिकता र संवेदनशीलताको संगम हुन्छ। सरकारका मन्त्रीहरू तथा राजनीतिक दलहरूसँग यिनीहरूको राम्रो सहकार्य हुन सक्दछ। घुर ताप्ने समाज र संस्कृतिभित्र मानवताको महासागर भेट्टाउन सकिन्छ। घुरा ताप्ने असल घुरा प्रेमीहरू जति महान् हुन्छन् त्यति नै उनको घरअगाडि सल्काइएको घुरको आकार तथा बनोट ठूलो हुन्छ।

 

सरकारको कुनै किसिमको सरसहयोग र अनुदानबिना पनि घुरहरू निर्वाध रूपमा बाल्न सकिन्छ। सरकारी अनुदानको कम्बल र दाउरा पाउन यिनीहरूले मरिहत्ते पनि गर्दैनन्। सरकारले जनकल्याणकारी कार्य गरेन भने आगामी चुनावमा सरकार पक्कै हार्छ भन्ने कुरामा यिनीहरू विश्वस्त हुन्छन्। घुर ताप्ने समाजमा हुनुपर्ने समता, समानता तथा समावेशीताको खाँचोलाई कसैले पनि नजरअन्दाज गरेर अगाडि बढ्दछ भने देशमा जनआन्दोलनको देशव्यापी घुर बल्न सक्छ र देश अझ अस्थिर बन्न सक्छ भन्ने कुरोमा सबैले विचार पुर्‍याउनु जरुरी छ। रामवरण यादवदेखि लिएर सिके राउतसम्म र रामसहाय यादवदेखि अमरेशकुमार सिंहसम्मका राजनीतिक धुरन्धर र कुशल खेलाडीहरू यही घुरा ताप्ने समाजका अभियन्ता र अगुवा हुन्। लोकतन्त्रलाई जनताको दलानसम्म पुर्‍याउन सबैले होस्टेमा हैंसे गर्नु जरूरी छ।    (लेखक सत्येन्द्र लाल कर्ण उर्लाबारी बहुमुखी क्याम्पस मोरङका सहप्राधापक हुन्)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौँ,  नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ ।खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय...

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

ग्योङ्जु (दक्षिण कोरिया), चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो । चीन र क्यानाडाबीचको...

नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन

काठमाडौँ,  प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज नेपाल प्रहरी प्रदेश कार्यालय कास्कीको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन गर्नुभएको छ । उहाँले प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट भर्चुअल माध्यममार्फत उक्त पेट्रोलपम्पको उद्घाटन गर्नुभएको हो ।     उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले समाजमा शान्ति, सुरक्षा कायम राख्न...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९