मेटाले बन्द गरिदियो इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक खाता

क्यार्लिफोनिया । ३५ वर्षदेखि इरानमा सत्तामा रहेका आयतोल्लाह अली खामेनीको सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक अकाउन्ट मेटाले ब्लक गरेको छ । मेटा कम्पनीका एक अधिकारीले यसको पुष्टि गरेका छन् । खाताहरू ब्लक गर्नुको कारण मेटा दिशा निर्देशहरूको उल्लङ्घन भनिएको छ। मेटाका अनुसार खामेनीले लामो समयदेखि सामाजिक सञ्जालमार्फत इजरायल र गाजा युद्धमा हमासलाई खुलेर समर्थन गर्दै आएका थिए।

 

 

एक रिपोर्टका अनुसार अयातोल्लाह अली खामेनीले गाजामा इजरायलको आक्रमणको विरोध गरिरहेका थिए। अर्कोतर्फ, यमनका हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरू विरुद्ध प्यालेस्टाइनको आक्रमणलाई खुलेर समर्थन गरिरहेका थिए। अमेरिकाले यी संगठनहरूलाई आतंकवादी संगठन घोषणा गरेको छ। यसका कारण मेटाले खामेनीका दुई सामाजिक सञ्जाल प्लेटफर्महरू ब्लक गरिदिएका हुन । तर, अहिले पनि खामेनीले एक्स ह्यान्डल भने चलाइरहेका छन् ।

 

 

मेटाका एक अधिकारीका अनुसार अमेरिकी कम्पनी मेटाले आफ्नो प्लेटफर्मका लागि धेरै नीतिहरू बनाएको छ यदि उल्लङ्घन भएमा खाता ब्लक गरिन्छ। ३५ वर्षसम्म सत्तामा रहेका इरानका सर्वोच्च नेताले यी खाताहरूमार्फत गाजा युद्धमा हमासलाई खुलेर समर्थन गरिरहेका थिए।

 

 

मेटाका प्रवक्ताले भने कि अमेरिकाद्वारा खतरनाक भनी तोकिएका संस्था र व्यक्तिहरूको समर्थनमा पोस्ट गर्नु मेटाको नीतिको विरुद्ध हो। बारम्बार नीति उल्लङ्घन गरेको भन्दै खामेनीको खाता हटाइएको हो । यसको नीतिको अंशको रूपमा मेटाले आफ्नो प्लेटफर्मबाट ‘हिंसक बयान दिने वा हिंसामा संलग्न हुने संस्था वा व्यक्तिहरूलाई हटाउँछ।’

 

 

यसबाहेक इरानी विपक्षी र इजरायली समर्थकहरूले पनि खामेनीको सामाजिक सञ्जाल अकाउन्टमाथि प्रतिबन्ध लगाउन धेरै पटक माग गरेका थिए। यसैलाई ध्यानमा राख्दै मेटा खामेनीमाथि कारबाही गरिएको हो ।

 

 

मेटाका अनुसार खामेनीको फारसी खातामा ५.१ मिलियनभन्दा बढी फलोअर्स थिए भने उनको अंग्रेजी भाषाको खातामा २ लाखभन्दा बढी फलोअर्स थिए। खामेनीले यी सोशल मिडिया खाताहरू मार्फत प्यालेस्टाइनलाई खुलेर समर्थन गरेका छन्। यस बाहेक खामेनीले लाल सागरमा हुथी आक्रमण र इजरायलको लेबनान सीमामा हिजबुल्लाहले गरेको आक्रमणलाई पनि समर्थन गरेका छन्।

 

 

इरानी सरकारका पूर्व सल्लाहकार मोहम्मद मरान्डीले मेटाको यो कार्यलाई कपट भनेका छन् । इरानी सल्लाहकारले भने, ‘मेटाले हामीजस्ता धेरै व्यक्तिहरूको खाता बन्द गरेको छ अर्कोतर्फ इजरायललाई समर्थन गर्ने व्यक्तिहरूको खाता बन्द गरिएको छैन।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९