कैलाली । बर्दगाेरिया गाउँपालिका वडा न ४ नौनियाँमा रहेको नमुना ग्रामीण बिद्युत सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भीम सिंह सार्कीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो ।
संस्थाका अध्यक्ष भीम सिंह सार्कीले आर्थिक वर्ष २०८/०८१ को करिब ४२ लाख ५९ हजार ५ सय २१ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा कालीका माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कामी,प्रधानाध्यापक उदय सिंह वीसि, पुरैना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष मान सिंह साउँद, इन्द्रेणी युवा क्लवका अध्यक्ष मान वहादुर साउँद र सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष देवानन्द जैशी लगायतको उपस्थिति थियो। संस्थाका उपाध्यक्ष देवीराम डगौराको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीर वहादुर साउँदले गर्नुभएको थियो। यस संस्थामा अहिले सम्म ७२४ जना उपभोक्ता रहेका छ्न् ।
वार्षिक साधारण सभामा उपभोक्ताको उल्खनिए उपस्थिती रहेको थियो । कार्यक्रममा आएका अतिथिहरु र उपभोक्ताले संस्थाले उपभोक्ताको हितमा काम गरेको भनेर प्रशंसा सबैले गरेका थिए । सस्थाका पूर्व अध्यक्ष महावीर साउँद लगायत कार्यसमितिलाई खाँदा र दोसल्ला ओढाई सम्मान गरिएको थियो । सबै उपभोक्तालाई सीएफएल बल्ब वितरण गरीएको थियो।






























































































































































