सिरहा। सिरहा नगरपालिका-७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित औरही गाउँपालिका-४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजित कुमार यादवसमेत सँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विराटनगर, महिला उद्यमशीलता प्रवद्र्धनका लागि कार्यरत ‘विन च्याप्टर मोरङ’ले आजदेखि विराटनगरमा दुई दिने हस्तकला प्रदर्शनी आयोजना गर्दैछ । वीरेन्द्र सभागृह अगाडिको ‘युमेन इन्टरप्रेनर्र्स ग्यालरी’मा उक्त प्रदर्शनी हुन लागेको हो । उक्त ग्यालरी कोशी प्रदेशकै पहिलो अग्रणी महिला उद्यमशीलता प्रवद्र्धन केन्द्र हो । यसको स्थापना...