सांस्कृतिक कार्यक्रम गरेर तामाङ समाजले मनायो माल्टामा सोनाम ल्होछार

माल्टा (युरोप) युरोप माल्टाको राजधानी भेलेटा नजिकै रहेको पेम्ब्रोक भन्ने सहरमा तामाङ समाज माल्टा सोनाम ल्होछार लाई पर्वका् रुपमा मनाउने तयारीमा जुटेको थियो । माघ २७ गते शनिबारका दिन २८६० औं सोनाम ल्होछारलाई पर्वको रुपमा मनाउन माल्टाको विभिन्न स्थानमा बस्दै आएका तामाङ समुदाय आफ्नो मौलिक पहिचान झल्काउने पहिरन लगाएर कार्यक्रम स्थलतर्फ आईरहेका थिए । (तामाङ गैलो) तामाङ समाजको पहिरनमा सजिसजावट भएर आइरहेका तामाङ समुदायले माल्टामा बस्ने देश विदेशका सबैको ध्यानाकर्षण गराएका थिए । रोचकत के थियो भने सोनाम ल्होछार पर्व मनाउन आएका अन्य समुदायका धेरैजसो नेपाली पनि तामाङ पहिरन लगाएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमका आएका अतिथिहरुलाई तामाङ समाज माल्टाले हार्दिकताका साथ स्वागत गरि रहेको थियो । तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (असिम) र सांस्कृतिक विभाग प्रमुख छिरिङ लामाले नमस्कार गर्दै आगन्तुकलाई स्वागत गरि रहेका थिए । कार्यक्रम स्थल निकै रोचक र आकर्षक देखिन्थ्यो । कामको व्यस्तता र थकानलाई बिर्सेर एकआपसमा नेपालीहरुले आत्मियता आदानप्रदान गर्दै प्रेम साँटासाँट गरि रहेको देख्न सकिन्थ्यो । सन्चो बिसन्चो बारे सोध्दै सुखदुःखका आनन्दले कुरा गरी रहेका थिए । माल्टामा पनि नेपाल चिनाउने काम गरेको भन्दै तामाङ समाज माल्टाको कामगर्ने शैली, सामाजिक एकता र मेलमिलापको सबैले प्रशंसा गरेका थिए । कार्यक्रममा तामाङ समाज माल्टाकी केन्द्रिय सदस्य डोल्मा लामाको भूमिका निकै महत्वपूर्ण देखिन्थ्यो । हामो संस्कृति हामीले नै जोगाउनुपर्छ भन्दै आफ्नो मौलिक पहिचान संरक्षण गरेर देश विदेशमा चिनाउनु पर्ने उनी सन्देश दिदै थिईन् । पहिरन लगाएर आएकाहरुको पहिरन मिलाउँदै लगाउने तरिका समेत लामाले सिकाई रहेकी थिईन् । तामाङ पहिरनमै सजिएर गएका सुदूरपश्चिम घरभई हाल सुदूरपश्चिम सेवा समाज माल्टाका सदस्य समेत रहेका सुमित महराले सामाजिक सद्भाव र एकताको लागि तामाङ पहिरन लगाएर नै आफू कार्यक्रममा आएको बताए । माल्टामा रहेका धेरै नेपालीको कार्यक्रममा सक्रिय उपस्थिति देख्दा निकै खुसी लागेको अनुभव सुनाउँदै तामाङ समाजको संस्कृतिले नेपाल चिनाउने काम भएको उनले बताए । तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (अशिम) ले औपचारिक कार्यक्रम संचालन गरे । परिवर्तनका लागि बलिदान दिएका दिएका ज्ञातअज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै नेपाली राष्ट्रिय गानमा सरिक भएर देशप्रति सम्मान प्रकट गरिएको थियो । गौतम बुद्धको मुर्तिलाई अगाडी राखेर दीप प्रज्वलन गरी औपचारिक रुपमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले तामाङ समाज माल्टाले आफ्नो संस्कृति झल्काएर माल्टामा नेपाललाई चिनाउने काम गरेको बताउँदै तामाङ समाजको प्रशंसा गरेका थिए । एकले अर्काको संस्कृतिको सम्मान गर्नुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रमका विशिष्ट अतिथि एवम् पोर्चुगलबाट आफ्नो प्रस्तुती दिन आएका चर्चित गायक पुष्प वाइबाले आफू युरोप लगायत अन्य थुर्पै देशमा प्रस्तुती दिन गएको र यति ठूलो भब्य र सभ्य रुपमा संचालन गरिएको यो पहिलो कार्यक्रम भएको बताए । सयौं जनाको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा वाइबाले आधा दर्जन गीत गाएका थिए । उनका गीतमा दर्शकहरुले नाँच्दै उर्फीउर्फी हुटिङ गर्दै भरपर मनोरन्जन लिएका थिए । मेरो देश मलाई लाग्छ प्यारो, तामाङ जाती हामी उठौं माथि माथि भन्ने गीत गाउदै स्थानीय कलाकार र एनएमबी र एनएसएम ब्याण्डले तामाङ संगितमा साँस्कृतिक प्रस्तुती दिएका थिए । तामाङ समाज माल्टाका अध्यक्ष सुनिल तामाङ दोङलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तामाङ समाजका केन्द्रिय सदस्य सुरज तामाङले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका महासचिव छेसाङ लोप्चन (अशिम) रबिन तामाङ र शान्ती वाईबाले गरेका थिए । अध्यक्ष सुनिल तामाङ दोङलेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद् दिए । हामी विश्वको जुनसुकै ठाउँमा भएपनि नेपाली रिती रिवाज चालचलन र कला संस्कृतिको संरक्षण गर्नुपर्ने उनले बताएका थिए । कार्यक्रममा एनसीसी माल्टाका हरी बिसी र उज्वल केसीले शुभकामना मन्तव्य दिदै तामाङ समाज माल्टाले राम्रो काम गरेको बताए ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी, अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

लागूपदार्थ विरुद्धको आवाज घोडाघोडीबाट उठ्ने — भोलि चेतनामूलक कार्यक्रम हुँदै

कैलाली । पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको सङ्ख्या निरन्तर बढिरहेको छ । तराइमा सबैभन्दा धेरै कैलालीमा यसको कारोबारी र सेवनकर्ता बढिरहेको प्रहरीले जनाएको छ।   दुर्व्यसनीका कारण समाजमा विभिन्न अपराधीक क्रियाकलाप पनि भइरहेका छन् । कानुनी रूपमा वञ्चित रहेको लागू पदार्थको बेचबिखन तथा सेवनलाई अन्त्य गर्न...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

विराटनगर, विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाउनुभयो, तर पनि असर गरेन...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९