नियमन नहुँदा रौतहटको बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन भारतीय मिठाइ

रौतहट । तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे ब्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ लिएर जाने चलन रहिआएको छ । त्यतिमात्र नभई छोराछोरीको जन्मदेखि  मानिसको मृत्यु भएपछि १३औं पुण्यतिथिको अवसरमा हुने भोजभतेरमा पनि मिठाइ खुवाउने चलन  छ । त्यसमा पनि लालमोहन, बालुशाही र रसवरीको मिठाइमा आफ्नै स्थान छ ।

 

 

 

 

विगतमा सानो परिमाणमा मिठाइको आवश्यकता हुँदा स्थानीय होटलहरुबाट  खरिद गर्ने, ठूलो परिमाणमा आवश्यक पर्दा जानकार मिस्त्री ( कारिगर) बोलाई घरमै बनाउने चलन रहेको थियो । त्यसको अलावा केही मानिस सस्तोको लागि भारतीय ब्राण्डेड कम्पनीले बनाउने डब्बाको मिठाइ ल्याउने चलन थियो। जुन शुद्ध दूधले बनेको हुन्थ्यो। मिठाई (रसवरी, बालुशाही, लालमोहन) बनाउन मुख्य रूपमा दूधको आवश्यकता हुन्छ । शुद्ध गाईभैंसीको दूध चिनी प्रयोग गरेर बनाइने मिठाई कम्तीमा प्रतिकिलो ३५० देखि ४०० रुपैया पर्ने कटहरिया बजारका मिठाइ व्यवसायी सन्तोष कुशवाहाले बताए । मिठाइमा दूध र चिनीको प्रयोग गरेर बनाएमा त्यसभन्दा कमीमा बनाउनै नसकिने कुशवाहाको दाबी छ ।

 

कुशवाहाकै जस्तो अर्का मिठाइ व्यवसायी अनिल मिष्टान भंडार कटहरियाका सञ्चालक अनिल साहले जसरी बनाए पनि दूध र चिनी प्रयोग गरिएको मिठाइ ३५० भन्दा बढी प्रतिकिलो पर्ने दाबी गर्छन् । अहिले जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका मुख्य बजारका होटल तथा मिठाई पसलहरुमा रसवरी, लालमोहन, बालुशाही खुद्रामा प्रतिकिलो ५०० देखि ७०० रुपैयामा बिक्रि हुने गरेको उपभोक्ताहरुले बताएका छन। तर, भारतीयहरुले भारतबाट ल्याएको मिठाई बालुशाही प्रतिकिलो मात्र २०० रुपैयामा खुद्रा बिक्री गरिरहेको देखिएको छ।

 

 

 

हाल सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरियादेखि ग्रामीण बजारहरुमा प्रत्येक दिन बिहानैदेखि भारतीय नागरिकहरूले साइकल मोटरसाइकलमा ल्याएर मिठाई बिक्री गरिरहेको देख्न सकिन्छ। कटहरिया बजारमा मिठाई बिक्रीगरी बसेका भारत बिहार सितामढीका छोटेलाल महतोले आफूहरुले उतैबाट किनेर ल्याएर यता बेच्ने गरेको बताउँछन्।

 

 

उनले भारतीय सहर सीतामढी छेउ भूतही गाउँबाट थोक मूल्य प्रतिकिलो १०० भारु अर्थात १६० मा खरीद गरेर ल्याउने र २०० नेपाली रुपैयामा प्रतिकिलो बालुशाही बिक्री गर्नेगरेको बताउँछन्। सीतामढी क्षेत्रका झण्डै ५० जना भन्दा बढी मानिसको दैनिकी मिठाई बेच्ने रहेको बताएका छन् । भारतीय गाउँ भुतहीमा घर घरै मिठाई बनाइन्छ। त्यहीँबाट साइकल मोटरसाइकलमा ल्याएर रौतहट, बारा, सर्लाही लगायत जिल्लाको बजार बजारमा घुमाएर बिक्रि गरिन्छ।

 

 

भुतही गाउँबाट साना नाका हुँदै भित्र्याएको मिठाई जिल्लाको बजारहरुमा कोठा लिएर स्टक गरिन्छ, पछि सुबिधाअनुसार बिक्रि गरिने भारतीय नागरिक महतोले बताए । कटहरिया ५ का समाजसेवी दीनानाथ साह कलवारले भारतको भुतहीबाट ल्याइने उक्त मिठाई बालुशाहीमा शुद्धको सट्टा चिउराको धूलो र चिनीको सट्टा गुलियो बनाउने केमिकल सेक्रीन प्रयोग गरिने बताए । अत्यन्तै गुणस्तरहीन उक्त मिठाई नेपालीहरुले सस्तो पाउने भएको कारण किन्ने गरेको कलवार बताउँछन् ।

 

 

हजारौं नेपाली नागरिकको स्वास्थसँग प्रत्यक्ष जोडिएको मिठाइको गुणस्तरबारे जाँचबुझ गर्न जरुरी छ । तर, त्यसबारे कसैले चासो नलिएको कारण तराई मधेशका हजारौं मानिसले दैनिक गुणस्तरहीन मिठाइको प्रयोग गरिरहेका छन्। भारतबाट एकपटक भित्र्याएको मिठाइ बाटो छेउ खुला फोहर नालासँगै झिँगा लाग्ने स्थानमा राखेर एक हप्तासम्म बिक्रि गर्छन् । तर, स्थानीय तहदेखि स्थानीय प्रशासन, गुणस्तर विभाग सबै मूकदर्शक बनेका छन् ।नेपाली नागरिकको स्वास्थको रक्षाको निमित्त अवैध र गुणस्तरीयहीन आयातित  मिठाइको गुणस्तर जाँच गर्न तथा बिक्रीवितरणमाथि रोक लगाउन नियमनकारी निकायको ध्यानजानु जरुरी देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ’

काठमाडौँ, अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।‘एक्सेस प्लानेट’द्वारा अनुसन्धान गरिएको ‘किनाराका आवाजहरू : नेपालमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको स्थिति अनुसन्धान’ मा २०० सहभागीमध्ये ९५ जनाले न्यायिक निकायहरूले सहयोगी र...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९